अस्पतालले लिनै मानेनन् कोभिडका बिरामी ! स्ट्रिङ अप्रेशन (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 02:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोभिड बिरामीका लागि २० प्रतिशत बेड छुट्याउनुलाई निजि अस्पताललाई दिएको निर्देशन पालना नभएको पाइएको छ। नेपालमा नाम चलेका निजि लगानीका अस्पतालहरुले समेत कोभिड बिरामीलाई नलिएको तथ्य फेला परेको छ। 

कोभिड बिरामीका आफन्तहरु जुनै अस्पतालमा जाँदा पनि बेड छैन भन्ने जवाफ पाएको थाहा भएपछि बिजपाटी डटकमले गरेको खोजिमा यस्तो तथ्य भेटिएको हो। उपत्यकाका मात्र नभई बाहिरका अस्पतालले समेत कोभिड बिरामीलाई नलिएको तथ्य भेटिएको छ। 

बिजपाटी डटकमका रिपोर्टर निरोज थापाले आफु कोरोना संक्रमितको आफन्त भएको र अस्पतालमा राख्नुपर्ने अवस्था आएको भन्दै अस्पतालमा बेडका लागि गुहार्दा कसैले पनि बेड उपलब्ध छ भन्ने जवाफ नदिएको तथ्यले निजि अस्पतालले कोभीड बिरामी लिन अस्विकार गरेको पुष्टि भएको छ। 

काठमाडौंका नाम चलेका नर्भिक इन्टरनेश्नल, हेम्स, स्टार, मेडीसिटि, अल्का, लगायतका अस्पतालले बेड छैन भन्ने जवाफ फर्काएर कोभिड बिरामीलाई फर्काउने गरेका छन्। निजि लगानीका मात्र नभई सरकारी स्वामित्वका अस्पतालले समेत कोभीडका बिरामी लिन अस्विकार गरेका छन्। 

निजि लगानीका अस्पतालले सरकारको निर्देशन पालना गर्दा ननकोभीड बिरामीमा पनि संक्रमण फैलिन सक्ने भएपनि उनीहरुले सरकारको बिरोध गर्न नसक्दा बिरामी र तिनका आफन्तले भने दुख पाएका छन्। 

२० प्रतिशत बेडमा कोभीडलाई राख्दा बाँकी ८० प्रतिशत बेड खाली हुने मात्र नभई बिरामी भएका सर्वसाधारण पनि अस्पताल आउँन नसक्ने अवस्था आएकाले बाध्य भएर कोभीड बिरामी लिन नसकेको अस्पतालका संचालकहरुको भनाई छ। 

केहि अस्पताललाई कोभिड अस्पताल भनेर शतप्रतिशत नै बेड प्रयोगमा ल्याउनलाई सरकारलाई सुझाब दीइएपनि त्यसको कार्यन्वयन नभएको अस्पतालका संचालकहरुको भनाई छ। 

एकै अस्पतालमा कोभीड र नन कोभीडलाई राख्दा सबैमा संक्रमण फैलिन सक्ने भएकाले बाध्य भएकाले कोभिड बिरामी लिन नसकेको तर बाहिर निजि अस्पतालले कोभिड बिरामी लिन अटेर गरेको भन्ने संदेश गएको एक अस्पतालका अध्यक्षले बिजपाटीलाई बताएका छन्। 

सरकारले निर्देशन नसच्याउने हो भने कोभिड बिरामीले अस्पताल नपाएर र सर्वसाधारण बिरामी कोरोना सर्छ भनेर घरमै बस्नु पर्ने अवस्था आउँदा अवस्था भयावह हुने ति अध्यक्षको भनाई छ। 

भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved