कोरोनाको उपचारमा प्रयोग हुने औषधिको परीक्षण कसरी हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 03:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को उपचारमा प्रभावकारी मानिएको ‘रेमडिसिभर’ औषधिको ‘क्लिनिकल ट्रायल’ सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायल सुरु भएको जनाएको छ । परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीका अनुसार परिषद्ले बनाएको प्रोटोकलका आधारमा कोभिड–१९ को उपचार हुँदै आएका १५ अस्पतालमा क्लिनिकल ट्रायल सुरु भएको छ ।

यसरी परीक्षण गर्दा कोभिडका बिरामीले आफूमा परीक्षण गर्नका लागि अनुमति दिनुपर्नेछ । बिरामीले परीक्षणका लागि फाराम भरेर स्वीकृत दिएपछि मात्रै परीक्षण गर्न पाईनेछ । परीक्षण गरिएपछि क्लिनकल रिपोर्ट भने सम्बन्धित अस्पतालले परिषद्मा बुझाउनुपर्ने छ ।

परिषद्का सदस्य सचिव डा. ज्ञवालीका अनुसार परीक्षण प्रोटोकल सम्बन्धित अस्पतालमा पठाईसकिएको छ । यसलाई सार्वजनिक गर्न नमिल्ने भएपनि प्रयोग गर्नुअघिको कार्यविधि भने परिषद्ले सार्वजनिक गरेको छ ।

परिाषद्ले ‘रेमडिसिभर’ बाहेक रसिया, चीन र बेलायतमा बनेका कोभिडका औषधिको पनि परीक्षण गर्न इच्छुकलाई अनुमति दिने प्रक्रिया सुरु भएको जनाएको छ । 

यस्तो छ परिषद्को अपिलः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved