निशुल्क मास्क वितरण गर्न विज्ञको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 08:57:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको संख्या बढेसँगै विज्ञहरुले निशुल्क मास्क बाड्न सरकारलाई सुझाव दिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँगको छलफलमा विज्ञहरुले ठूलो मात्रामा मास्क उत्पादन गरेर निशुल्क वितरण गर्न सुझाव दिएका छन् ।

भर्चुअल माध्यमबाट भएको छलफलमा प्राध्यापक तथा डाक्टर जीवन शेरचनले नागरिकलाई निशुल्क मास्क बितरण गर्नुपर्ने बताए । उनले धेरै नागरिकसँग मास्क किन्न सक्ने हैसियत नभएको र उनीहरु बाहिर  निस्कन पर्ने अवस्थालाई ध्यानमा राख्दै निशुःक रुपमा मास्क वितरणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका हुन् । 

डा. महेश मास्केले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दो क्रममा रहेको बताए । उनले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिए । यसैगरी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डा. भगवान कोइरालाले दशैँ लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाई सहजिकरण गर्नुपर्ने बताए । उनले अस्पतालमा संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, टेकु अस्पतालका डा. अनुप बास्तोलालगायतका चिकित्सकले अक्सिजन थेरामी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको भन्दै अक्सिजन थेरापीलाइ महत्वका साथ अघि बढाउनु पर्ने सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved