कोरोनाको प्रभावकारी औषधि ‘रेमडिसिभर’ निशुल्क वितरण गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 11:02:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरस विरुद्दको उचारमा प्रभावकारी मानिएको रेमडिसिभर औषधि निशुल्क उपलब्ध गराउन अस्पताललाई निर्देशन दिएको छ। कोरोना  संक्रमितको उपचार भईरहेका अस्पताललाई रेमडिसिभर औषधि निशुल्क उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

‘सम्पुर्ण सरकारी अस्पतालका डाइरेक्टर तथा मेडिकल सुपरिटेन्डेन्टलाई यो अनुरोध छ कि, रेमडिसिभर तपाईहरुले किनेर बिरामी हरुलाई निशुल्क दिनुस्’ मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ट्वीटरमा लेखेका छन्, ‘त्यसको पैसा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तपाइँको अस्पताललाई भुक्तानी दिन्छ।’

हाल परीक्षणको अनुमति पाएको हुनाले परीक्षण हुँदासम्म शुल्क लिन नपाईने भएकाले निशुल्क वितरणको लागि अनुरोध गरिएको मन्त्रालय स्रोतले जनाएको छ।



सेनिटाइजर र पीपीई सबैलाई जरुरी छैन, कोरोनाबारे यसो भन्छन् बरिष्ठ औषधि व्यवस्थापक शन्तोष केसी






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved