‘रेमडिसिभर' को पहिलो ब्याच घोषणा, कोरोना विरामीलाई सहजै उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 11:13:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना उपचारमा प्रभावकारी मानिएको औषधि वितरण गर्ने अनुमति पाएको येटिचेमले रेम्डेसिभिरको पहिलो ब्याच घोषणा गरेको छ।  क्लिनिकल ट्रायलका लागि नेपालमा वितरण गर्ने अनुमती पाएको येटिचेमले भारतीय कम्पनीले उत्पादन गरेको सिप्ला ब्राण्डको रेम्डेसिभिरको पहिलो ब्याच घोषणा गरेको हो। 

येटिचेमलाई औषधि व्यवस्था बिभाग,  स्वास्थ्य र जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ। 

आफुहरुले अनुमति पाएको २००० शीशाहरू मध्ये ४८० शीशाहरू उपलब्ध गराईसकेको र बाँकी ४८० शिशा सेप्टेम्बर १० मा तथा थप बाँकी १०४० शीशाहरू २५ सेप्टेम्बरमा उपलब्ध गराइने येटिचेम डिस्ट्रिब्युटर्स प्राइवेट लिमिटेडका अध्यक्ष प्रभु आर वैद्यले बताए। आफुहरुले पहिलो ब्याच प्रति शीशी रू ६ हजार ४०० मा उपलब्ध  गराएको र यो  सबैभन्दा कम मूल्यको भएको बैद्यले बताए। 

“हामीले २००० शीशाहरूको लागि अनुमति पाएका छौं । औषधि तीन ब्याच मा उपलब्ध हुनेछ । ४८० शीशाहरूको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुनेछ । बाँकी १०४० शीशाहरू २५ सेप्टेम्बरमा उपलब्ध गराइनेछ' उनले भने। 

नेपालमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीको संख्यामा उल्लेख्य बृद्री भएदेखि नै सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिर दिने व्यवस्था सुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) द्वारा डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको प्रोटोकल र दिशानिर्देशहरू, रेम्डेसिभिरका भाइरस बिरामीहरूलाई उपचार गर्दा पालना गर्नुपर्नेछ ।

नेपाल सरकारले कानुनी रुपमा रेम्डेसिभिरको प्रयोगको बाटो नखोलीदिँदा धेरै नेपालीहरुले रेम्डेसिभिरलाई प्रति शिशा डेढलाख रुपैयाँसम्म तिर्न बाध्य भएका थिए। 

तर सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिर दिने व्यवस्था सुरु गरेको र आफुहरुले त्यसको वितरण गर्ने जिम्मेवारी पाएकाले अहिले कायम मुल्य भन्दा बढी कसैले पनि तिर्न नपर्ने येटिचेमका अध्यक्ष बैद्यले बिजपाटीलाई बताए। 

'अहिले प्रति शिशा ६४०० रुपैयाँ तोकिएको छ, यसको प्रयोग बढ्दै जाँदा मुल्य घट्न सक्छ तर यो भन्दा बढी मुल्य तिर्नु पर्ने अवस्था आउंदैन, सरकारको सहयोगमा सहज र सस्तोमा उपलब्ध गराउछौं' उनले भने। 

’आशङ्का वा प्रयोगशालाको पुष्टि गरिएको कोभिड–१९ संक्रमणको साथ अस्पतालमा भर्ना युवा र बाल रोगीहरूको लागि रेम्डेसिभिर हाल मात्र यूएस एफडीए स्वीकृत आपतकालीन प्रयोग प्राधिकरण उपचार भएको बीर अस्पतालका चेष्ट युनिकाका प्रमुख डा. अशेष ढुंगानाले बताए । 

उनकाअनुसार अप्रिलको अन्तमा जारी गरिएको यूएसद्वारा संचालित क्लिनिकल परीक्षणमा, रेम्डेसिभिरले अस्पतालमा बस्नुपर्ने तुलनामा लगभग चार दिन घटायो ।

“औषधिले शरीरमा सार्स कोभिड २ को प्रकृति  रोक्छ । यो सामान्यतया कोभिड–१९ बिरामीहरूलाई दिइन्छ जो संक्रमणको कारण शरीरमा अक्सिजनको कमीले गम्भीर अवस्थामा छन्र गहन हेरविचार युनिटमा राखिएका बिरामीहरूको लागि दक्ष साबित भएका छन्" उनले भने। 

“ येटिचेम अस्पताल र प्राथमिकताभएका क्षेत्रहरूमा गम्भीर रूपले कोभिड–१९ मुद्राको अत्यधिक बोझसहितको औषधीको आपूर्ति सुनिश्चितगर्न कोशिस गर्दैछ' बैद्यले भने, बिभिन्न अध्ययनले देखायो कि महिला बिरामीहरुको उपचारमा रेम्डेसिभिर प्रभावकारी छ । सफल परीक्षणहरूको आधारमा, औषधिको व्यावसायिक वितरण सरकारले अनुमति दिनुपर्दछ'। 

नेपाल औषधि अनुसन्धान परिषदका अध्यक्ष डा. अन्जनी झाले नेपालमा आहिलेसम्म २ विरामीको लागि प्रायो गरिएको र यो प्रभावकारी भएको बताएका छन्। डाक्टरको सिफारिसमा विरामीलाई रेम्डेसिभिर दिईने र त्यसको डाटा एनएचआरसी लाई उपलब्ध गराइने गरि पोर्टोकल तयार भएको उनले बताए। 

वित्तीय व्यवस्थापन 

क्लिनिकल ट्रायलका लागि प्रयोगको अनुमती पाएको रेम्डेसिभिर को उपलब्धता सहज हुनुपर्ने औषधि व्यवस्था बिभागका प्रवक्ता सन्तोष केसीले बताएका छन्। बिभाग र परिषदको संयुक्त पहलमा अहिले लेभल २ र ३ को कोभिड अस्पतालमा प्रयोग गर्ने अनुमती पाएको र पछि अन्य कोभिड अस्पताललाई पनि दिने गरि छलफल भएको केसीको भनाई छ। 

काठमाडौं बाहिर पनि उपलब्ध 

येटिचेम डिस्ट्रिब्युटर्स प्राइवेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पृथ्वीराज बैद्यले उपत्यकाका कोभिड अस्पताल मात्र नभई काठमाडौं बाहिर पनि येटिचेमले सिप्ला ब्राण्डका रेम्डेसिभिर उपलब्ध गराएको बताएका छन्। भरतपुर, बिरगंज र बुटवलमा यो औषधि उपलब्ध भईसकेको र बिराटनगरमा पनि छिट्टै पुग्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved