चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालनको बाटो खुल्यो, नेपाली बजारमा ८०० डाक्टर थपिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 11:49:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अनुमति दिएसँगै नेपाल मेडिकल काउन्सिललाई चिकित्सक दर्ता प्रमाणपत्र परिक्षा लिनलाई बाटो खुलेको छ। यससँगै कोरोनाको महामारीकाबीचमा करिब ८०० प्लस नयाँ डाक्टरहरु नेपाली बजारमा थपिने भएका छन्। 

परिक्षा लिनका लागि सरकारले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरि प्रत्येक परीक्षार्थीको चारैतर्फ कम्तिमा दुई दुई मिटर दुरी कायम गरि एउटा परिक्षा हलभित्र बढीमा २५ परीक्षार्थी रहने व्यवस्था मिलाउन काउन्सिललाई निर्देशन दिएको छ। 

त्यस्तै परिक्षा संचालन प्रयोजनका लागि आवश्यक आवत जावतको सहजीकरण र सुरक्षा व्यवस्था स्थानीय प्रशासनले मिलाउनुपर्ने संघीय सरकारको निर्देशन छ। 

सरकारको यो निर्णयले बिगत ५ -६ महिनादेखि चिकित्सकको लाइसेन्स लिने प्रखाईमा रहेका करिब १२०० हाराहारीका एमबिबीएस पासहरुलाई राहत मिलेको छ। 

चिकित्सक दर्ता प्रमाणपत्रका लागि फाराम भरिसकेका र पाइप लाइनमा रहेका गरि करिब १२०० जना रहेको नेपाल मेडिकल काउन्सिल सदस्य तथा नेपाल चिकित्सक संघका प्रवक्ता डा विश्वराज दवाडीको भनाई छ। 

डा दवाडीकाअनुसार काउन्सिलले यहि शनिबार फारम भरिसकेका करिब ६०० जनाको परिक्षा लिंदै छ। फारम भरिसकेकाको परिक्षा सकिएपश्चात लगत्तै पाइपलाइनमा रहेका करिब ६०० जनाको पनि परिक्षा हुनेछ। कोरोना संक्रमित बढ्दै गएको अवस्थामा डाक्टरको अभाव देखिएकाले नयाँ चिकित्सक थपिएपछि त्यसले नेपाललाई धेरै राहत हुने अपेक्षा छ। 

बिगतको नतिजालाई आधार मान्दा परिक्षा दिने १२०० मध्ये करिब ८०० प्लसले परिक्षा पास गर्ने आँकलन छ। काउन्सिलले नेपालका धरान, विराटनगर, जनकपुर, बिरगंज, भरतपुर, पोखरा, बुटवल, नेपालगंज, काठमाडौं बाट परिक्षा लिनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved