कोरोनाले १६ देशमा २ सय नेपालीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 01:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा दुई सय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १६ देशमा २ सय नेपालीको मृत्यु भएको हो । 

समितिका अुनसार यसै साता मात्र युएईमा कार्यरत ५ नेपालीको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गइसकेको छ । 

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएमा ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनका अनुसार यसै साता दक्षिण कोरियामा कार्यरत नेपालीहरुमा पहिलो पटक संक्रमण देखिएको छ । 

जापान, अस्ट्रेलिया कतार लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको जनाईएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved