नेपाल मै बन्यो कोरोनाको उपचारको लागि आवश्यक औषधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 04:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मै पहिलो पटक कोरोनाको उपचारको लागि आवश्यक एन्टीभाईरल औषधि उत्पादन भएको छ  । देउराली जनता फर्मास्युटिकल्सले कोरोनाको उपचारका लागि आवश्यक FAVIPIRAVIR नामको औषधी उत्पादन गरेको हो ।

कम्पनीका अनुसार यो एन्टीभाइरल औषधीलाई विश्वका धेरैे मुलुकहरुले कोभिड १९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेका छन् । हालसम्म यो औषधि जापान, चिन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड १९ को उपचारका लागी लाई अत्याबश्यक प्रयोग गर्न   अनुमती प्रदान गरीसकेको कम्पनीले जनाएको छ।

कम्पनीले कोभिड १९बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भन्ने उद्देश्यका साथ औषधी उत्पादन शुरु गरेको हो। कम्पनीका अनुसार नेपाल यो औषधि उत्पादन गर्ने आठौ देश भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved