ज्यानै लिन सक्ने २ स्यानिटाइजर बजारमा खुलेआम बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 01:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि व्यवस्था विभागले केही दिन यता स्यानिटाइजरको गुणस्तर परीक्षण गरिरहेको छ । तर बजारमा सयौँ कम्पनीका स्यानिटाइजर भएपनि विभागले पर्याप्त परीक्षण गर्न नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

निजी क्षेत्रबाट स्यानिटाइजरका ‘स्याम्पल कलेक्सन’ गरेर गरिएका परीक्षणमा अधिकांशमा विषाक्त रसायन मिथानल भेटिने गरेको छ । विभागले हालसम्म १८ कम्पनीका स्यानिटाइजरलाई बिक्रि बितरणमा रोक लगाईसकेको छ । विभागले गरेको कारबाहीमा नपरेका कम्पनीका स्यानिटाइजरमा पनि मिथानल भेटिएको छ ।

भारतीय उत्पादकले उत्पादन गर्ने आरग्यममा मिथानल भेटिएको खबर विभागलाई दिईएको १५ दिनपछि मात्रै कारबाही गरेको थियो । 

यसबाहेक ‘नवमी’ नामबाट बजारमा आएको स्यानिटाइजरमा ४ प्रतिशत मात्रै इथानल भेटिएको छ । ‘अल्कोहल’ को मात्रा केही देखाईएपनि ७५ प्रतिशत जति मिनाथल भेटिएको छ । त्यस्तै बजारमा धेरै बिक्रि हुने ‘मिराज’ ब्राण्डको स्यानिटाइजरमा पनि ७० प्रतिशत माथि मिनाथल भेटिएको छ । तर यी उत्पादनलाई विभागले कारबाही गरेको छैन ।

विभागले भर्खरै मात्र ल्याब ल्याएर राखेका कारण पहिल्यैदेखि चाहेर पनि परीक्षण गर्न नसकिएको बताएको छ । अहिले नयाँ मेशिन ल्याएपछि भने आवश्यकता अनुसार परीक्षण भईरहेको विभागको भनाई छ । नवमी र मिराजको पनि परीक्षण गरिने विभागले जनाएको छ । हाल शंकास्पद उत्पादनको परीक्षण भइरहेपनि कालान्तरमा भने बजारमा आउने र आएका सबै कम्पनीका उत्पादनको परीक्षण गरिने विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved