पीसीआर परीक्षणको २ हजार बढी शुल्क लिने ल्याबको अनुमति खारेज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 04:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क लिने ल्याबहरुको प्रयागेशाला परीक्षण अनुमति खारेज गर्ने भएको छ । केही दिन अघि काठमाडौँ उपत्यकाका ८ वटा नीजि ल्याबहरुले सरकारले तोकेको २ हजार रुपैयाँमा कारोनाको पीसीआर परीक्षण गर्न नसकिने भन्दै ३ हजार ८ सय ९९ रुपैयाँ शुल्क लिने निर्णय गरेका थिए ।

नीजि अस्पतालको यो निर्णय आएसँगै स्वास्थ्य मन्त्रालयले एक पटकलाई माफी दिने र २४ घण्टाभित्र २ हजार रुपैयाँ मात्रै लिने गरी शुल्क समायोजन नगरे परीक्षण अनुमति खारेजको पत्र पठाईने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सरकारले तोकेभन्दा धेरै शुल्क लिनु कालोबजारी भएको भन्दै कालोबजारी ऐन अनुसार कारबाही गर्न गृह र वाणिज्य मन्त्रालयलाई अनुरोध पनि गरेको छ । 

सरकारले भदौ २८ गते कोरोनाको पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको थियो ।

यसअघिः 

सरकारलाई निजी ल्याबको चुनौती, पीसीआर परीक्षणको ३९ सय लिने घोषणा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved