औषधि परामर्श परिषद्मा दीपक दाहालसहित ३ जना नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 02:08:35 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि परामर्श परिषद्मा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले प्रा.डा. संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाललाई परिषद्को सदस्यमा नियुक्त गरेको हो । 

परिषदका सदस्यको पदावधि तीन वर्षको हुनेछ। औषधि ऐन अनुसार परिषद्को अध्यक्ष स्वास्थ्य मन्त्री रहने व्यवस्था छ । अर्थ, स्वास्थ्य, वन र उद्योग मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । सोही ऐनमा ३ जना विज्ञ नियुक्ति गर्नुपर्ने व्यवस्था अनुसार उनीहरुलाई नियुक्त गरिएको हो ।

परिषद्ले औषधिको मूल्य समायोजन गर्न सुझाव दिने, स्वदेशी औषधिको आत्मनिर्भरता कति छ भन्ने अध्ययन लगायतका काम गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved