डा. जागेश्वरलाई कोरोनाको अपडेट दिने शैली सुधार्न सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 03:57:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ‘प्रेस ब्रिफिङ’ मार्फत कोरोना संक्रमितको संख्याबारे जानकारी दिईरहँदा यो कदमले त्रसित बनाएको भन्दै विरोध हुन थालेको छ । नियमित पत्रकार सम्मेलनमार्फत टिभिबाट लाइभ प्रचार गरिँदा कोरोनाबारे त्रसित नै हुने गरी समाचार प्रेषण भईरहेको भन्दै सरोकारवालाले पद्धति बदल्न अनुरोध गरेका छन्।

‘भारतमा पनि पहिले हाम्रोमा झैं नियमित प्रेस ब्रिफिङ भनेर संक्रमितको संख्या सार्वजनिक गरिन्थ्यो, अहिले सच्याएर अर्कै गरी सार्वजनिक गरिन्छ’ नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक प्रसाद दाहालले भन्छन्, ‘अब हाम्रोमा पनि केही परिमार्जन गर्नुपर्ने अवस्था आएको छ, मानिसहरुलाई त्रासको वातावरण सिर्जना गरिनु हुँदैन, मन्त्रालयमा यसबारे व्यक्तिगत रुपमा सुझाव पनि दिने सोचेको छु ।’ 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनी झाले करिब २ महिना अगाडीदेखि नै स्वास्थ्य मन्त्रालयको यो कामले नागरिकमा त्रास बढ्ने बताउँदै आएका छन् । उनले संक्रमितको संख्या सार्वजनिक गर्नुपर्ने भएपनि तरिका भने ठिक नभएको बताएका छन् । उनले हरेक दिनको पत्रकार सम्मेलनमा केही न केही सकारात्मक सन्देश दिनुपर्ने पनि बताएका छन् । 

स्यानिटाईजरमा नेपालका कम्पनीलाई ऐन, विदेशीलाई चैन

कोरोनाको खोप पाउन मेक्सिकोद्वारा १९ अर्ब लगानी, के गर्दैछ नेपाल ?

कोरोनाबारे भ्रम वा आतंक फैलनेमा चिन्तित हुनुपर्ने सरकार नै नियमित प्रचारमा लाग्दा मानिसहरु डराउने र यसले अर्को जटिल मानसिक समस्या निम्त्याउन सक्ने मनोवैज्ञानिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुको अनुमान छ । समाजमा मनोवैज्ञानिक त्रास फैलदा पुग्ने असर कोरोनाभन्दा भयावह हुने चेतावनी पनि मनोरोग विशेषज्ञले दिन थालिसकेका छन् ।

यस विषयमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीले मन्त्रालयले तयार पारेको गाइडलाईनभित्र नियमित प्रेस ब्रिफिङ पनि पर्ने भएकाले सोही अनुसार गर्ने गरिएको बताउँछन् । 

तर, मनोसामाजिक परामर्शदाता र जनस्वास्थ्यका विज्ञहरुले भने भदौ पछि कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहने आँकलन गरेर बनाईएको गाइडलाईन नै गलत भएको बताउँछन् । भदौपछि घट्छ भन्ने अनुमान गरिएकोमा झन बढ्न थालेपछि तुरुन्त अर्को योजना बनाउनुपर्ने भएपनि स्वास्थ्य मन्त्रालय अलमलमै रहेको कतिपयको बुझाई छ।

यसअघिः

स्वास्थ्य मन्त्रालय नै कोरोनाबारे ‘आतंक’ फैलाउँदै

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved