सरकारले अबदेखि सर्बसाधारणको कोरोना परीक्षण र उपचार नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 09:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अबदेखि सर्बसाधारणको कोरोना परीक्षण र उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएका हुन् ।

प्रवक्ता डा. गौतमले अबदेखि सरकारले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै परीक्षण र उपचार गर्ने बताएका हुन् । उनका अनुसार उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क हुने छ।  उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिने डा. गौतमले बताए ।

यो निर्णय आज कार्तिक २ गतेदेखि नै सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने उनले बताए । यस संगै माथि उल्लेखित भन्दा बाहेकका सबै व्यक्तिले कोरोना परीक्षण तथा उपचार खर्च आफै तिर्नु पर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved