डब्लूएचओमाथि अमेरिकाको ‘काउन्टर अट्याक’: कोरोना उपचारमा 'रेमडेसिभिर' लाई पूर्ण स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 03:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले कोरोना उपचारमा प्रभावकारी मानिएको रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ। अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा राम्रो नतिजा आएकाले सर्तसहित कोरोना बिरामीको उपचारमा यो औषधि प्रयोग गर्नलाई अनुमती दिईएको जनाएको छ। 

अमेरिकाले यसअघि आपतकालीन प्रयोगलाई मात्र अनुमती दिइएकोमा कोरोनाको औषधिको रुपमा प्रयोग गर्न स्वीकृति दिइएको रेमडेसिभिर नै पहिलो औषधि हो। क्लिनिकल ट्रायलको क्रममा कोरोना बिरामी औषतमा ५ दिनमा निको भएको पाइएकाले स्वीकृति प्रदान गरिएको एफडीएले जनाएको छ। 

१२ बर्ष भन्दा माथिका र न्युनतम पनि ४० केजी अर्थात ८८ पाउण्ड तौल भएकाहरुलाई अस्पताल तथा चिकित्सकको निगरानीमा मात्र रेमडेसिभिर प्रयोग गर्नलाई अनुमती दिइएको एफडीएले जनाएको छ। यो अन्य जस्तो सामान्य रुपमा प्रयोग गर्न नभई अस्पताल र चिकित्सकको निगरानी तथा सिफारिसमा तोकिएका मापदण्ड पुरा गरेका कोभिड बिरामीको उपचारमा मात्र रेमडेसिभिर प्रयोग गर्न दिईएको एफडीएको विज्ञप्तीमा उलेल्ख छ। 

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना बिरामीको उपचारमा प्रभावकारि नभएको बताएको केही दिनमै अमेरिकाले रेमडेसिभिर को प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो। नेपालमा पनि अस्पताल तथा चिकित्सकको बिशेष निगरानीमा रेमडेसिभिर प्रयोग गर्नलाई सरकारले अनुमती दिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved