उपचार गर्न नसक्ने संक्रमितको नि:शुल्क उपचार गर्नू, स्वास्थ्य मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2020 | 04:22:57 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरीब, विपन्न अशक्त, असहाय, ज्येष्ठ नागरिकको कोभिड–१९ उपचार निशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सरकारी, सामुदायिक, निजी, गैह् सरकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड–१९ उपचार खर्च व्यहोर्न नसक्ने संक्रमितहरुको उपचार निशुल्क गर्न निर्देशन दिएको हो । 

‘कतिपय अस्पतालहरुले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट बञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागी सूचना समेत सार्वजनिक गरी उपचार खर्च व्यहोर्न नसक्नेहरु उपचार पाउनबाट बञ्चित भएको जनगुनासो आएको छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले गरीब, विपन्न अशक्त, असहाय, ज्येष्ठ नागरिकको कोभिड–१९ उपचार निशुल्क गर्ने र निशुल्क उपचारका लागि विरामीहरुको तर्फबाट स्वय घोषणा भए मात्र पनि मान्य हुनेछ । यस विपरीत कार्य गर्ने गराउने गरी विरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वय अस्पताल नै जिम्मेवारी हुनेछ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved