कोरोनाविरुद्द प्रयोग हुने औषधि हालसम्मकै सस्तो दरमा नेपाल भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 09:52:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणको विरुद्द प्रयोग हुने रेमडिसिभर औषधि हालसम्मकै सस्तो दरमा नेपाल आईपुगेको छ । हाम्रो मेडि कन्सर्नले ४ हजार ५ सय भाइल रेमडिसिभर आज काठमाडौंमा ल्याएको हो।

बंगलादेशको युएस एफडिए कम्पनी बेक्सिम्को फर्मास्यूटिकल्स लिमिटेडले उत्पादन गरेको यो रेमडिसिभर औषधिको खुद्रा मूल्य ५ हजार ४ सय रुपैयाँ रहेको छ । 

१० हजार भाइल रेमडिसिभर आयात गर्ने अनुमति पाएको हाम्रो मेडि कन्सर्नले पहिलो लटको ४५ सय भाईल आज काठमाडौं आइपुगेको र बाँकी ५५ सय भाइल पनि एक हप्ताभित्रै नेपाल आइपुग्ने बताएको छ ।

हाम्रो मेडि कन्सर्नका निर्देशक शम्भु कार्कीका अनुसार यो रेमडिसिभरको टेर्ड नेम बेमसिभिर हो । यो नेपालमा‌ उपलब्ध अन्य रेमडिसिभरभन्दा सस्तो हो । यो कम्पनीले नेपाल सरकारलाई ५५ सय भाइल रेमडिसिभर अनुदान पनि दिएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved