थप ३५ सय १७ जनामा कोरोना पुष्टि, एकैदिन ४ हजार बढी निको भए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 04:38:42 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख २८ हजार ९५८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ४ हजार ९६ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३८ हजार ३५७ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ सय २० पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved