बिहिबार थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ४८ हजार ४०८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३ हजार ४३० जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३६ हजार ५१४ जना उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार ५२ पुगेको छ ।