नेपालमा भित्रियो ५७ हजार भाइल 'रेमडिसिभर', कुन कुन अस्पतालबाट पाइन्छ यो औषधि ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2020 | 02:07:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको संख्या बढेसँगै कोरोनाको उपचारमा प्रभावकारी मानिएको भनिएको रेमडिसिभर को अभाव भएको चर्चा छ। तर नियमन निकाय औषधि व्यवस्था विभाग (डीडीए) ले सरकारसँग पर्याप्त भएको प्रतिकृया दिएको छ। 

विभागका प्रवक्ता सन्तोष केसीकाअनुसार अनुमति पाएजति रेमडिसिभर नेपाल आईनसकेको र ल्याइएका मध्ये पनि केहि अहिले पनि स्टकमा छन्। सुरुवाती दिनमा ३ वटालाई अनुमती दिएकोमा विभागले अहिलेसम्म सिप्ला, बेक्सिमको, हटेरो, माइलन र जयुडुस काडिला गरि ५ कम्पनीलाई रेमडिसिभर ल्याउने अनुमती दिएको छ। 

५ कम्पनीले ५७ हजार भाईल ल्याउने अनुमति पाएकोमा अहिलेसम्म २९ हजार ८६२ भाइल नेपाल ल्याएका छन्। जसमध्ये १८ हजार ७५७ भाइल प्रयोग भईसकेका छन् भने स्टकमा ११ हजार १०५ भाइल छ। प्रयोग भएका मध्येपनि ७००० भाईल अनुदानमा प्रयोग भएका छन्। 

बिभागको तथ्यांकअनुसार ५३ वटा अस्पतालबाट रेमडिसिभर को प्रयोग भएको छ।  सरकारले तोकेका कोभिड अस्पताल तथा चिकित्सकको सिफारिसमा रेमडिसिभर उपलब्ध हुँदै आएको छ। 

विभागकाअनुसार सिप्लाले २४ हजार भाइल, बेक्सिमकोले १० हजार, हटेरो र माइलनले ४-४ हजार र काडिलाले १५ हजार ल्याउने अनुमती पाएका छन्। कात्तिक २७ गते २०७७ को तथ्यांकअनुसार सिप्लाले ल्याएको ११ हजार ९२६ भाइल  मध्ये उसँग अहिलेपनि ५ हजार ६५३ भाइल स्टकमा छ भने बेक्सिमकोले ल्याएको १० हजार मध्ये ४ हजार ३९२, हटेरोले ल्याएको हजार मध्ये १ हजार ६० स्टकमा छन्। र हालै मात्र १५ हजार भाइल ल्याउने अनुमती पाएको जयुडुस काडिलाले ल्याउन बाँकी नै छ।

बिभागको तथ्यांकमा कोरोनाको उपचारमा प्रभावकारी मानिएको, नेपाल सरकारले क्लिनिकल ट्रयालको लागि अनुमती दिएको तथा अमेरिकाको खाद्य एवम् औषधि प्रशासन निकाय (एफडीए) ले स्वीकृत गरेको रेमडिसिभर स्टकमा भएको देखिन्छ। विभागका प्रवक्ता केसीले पनि अस्पताल र चिकित्सकको सिफारिसमा रेमडिसिभर प्रयोग हुँदै आएको र अहिलेपनि आवश्यकताअनुसार उपलब्ध हुँदै आएको दाबी गरेका छन्। 

कोरोनाको उपचारमा रेमडिसिभर औषधि कसरी पाउने ?

तर बजारमा रेमडिसिभर मा कालोबजारी भएको र आवश्यक भएको बेला सहजै उपलब्ध नभएको भन्दै सरकारको चर्को आलोचना भएको छ। नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) का अध्यक्ष शिवराज बास्कोटाले सरकारले पर्याप्त छ भनेपनि राजधानी बाहिर सहज रुपमा उपलब्ध नभएको दाबी गरेका छन्। 

सरकारले रेमडिसिभर प्रति भाइल ५ हजार ६ रुपैयाँमा उपलब्ध हुने बताईरहेपनि बजारमा प्रति भाइल २५ हजार भन्दा माथिमा कारोबार भईरहेको चर्चा छ। तर बिजपाटि डटकमले यो आरोप पुष्टि हुने प्रमाण भेटेको छैन। 

त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। विकास देवकोटाको संयोजकत्वमा डा. रमेश खरेल र स्वास्थ्य मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीलाई सदस्य तोकेर गठन गरेको समितिले रेमडिसिभरमा कालोबजारी भएको निष्कर्ष निकालेको छ। 

Distributed Hospitals

 

 

S. No.

Hospital Name

1

Alka Hospital, Lalitpur

2

Armed Police Force Hospital

3

B & B

4

Bhaktapur Hospital

5

Bharatpur Hospital

6

Bheri Hospital

7

Bhim Hospital

8

Birat Medical Collage & Teaching Hospital

9

BPKIHS

10

Kendriya Karagar Hospital

11

Charak Memorial Hospital Pvt. Ltd

12

Chirayu National Hospital & Medical

13

Chitwan Medical College

14

Civil Service Hospital

15

Ciwec Hospital Pharmacy

16

College Of Medical Sciences-Teaching Hospital

17

Gandaki medical College, pokhara

18

Grande International Hospital

19

Green City Pharmacy Pvt. Ltd-Sopl

20

HAMS Hospital

21

Janakpur Provincial Hospital

22

Kantipur Dental College Teaching Hosptial And Research Center

23

Kathmandu Medical College (KMC)

24

Kathmandu Valley Hospital

25

KIST Medical College

26

Koshi Provincial Hospital

27

KUSMS, Dhulikhel Hospital

28

Lumbini Provincial Corona Hospital

29

NAMS, Bir Hospital

30

Narayani Hospital

31

National Medical College

32

Nepal Cancer Hosital

33

Nepal Mediciti Hospital

34

Nepal medical College

35

Nepal National Hospital, Kalanki

36

Nepal Police Hospital

37

Nepalgunj Medical College

38

Nidan Hospital

39

Nobel Hospital

40

Norvic Hospital Pharmacy Pvt. Ltd.

41

Om Hospital And Research Centre Pvt Ltd

42

Patan Hospital

43

Pokhara Academy Of Health Sciences

44

Seti Provincial Hospital

45

Shahid Gangalal National Heart Centre

46

Shree Birendra Army Hospital

47

Star Hospital

48

Sukraraj Tropical And Infectious Disease Hospital

49

Sumeru Hospital- One Stop Pharmacy

50

TUTH, Maharajgunj

51

Universal College Of Medical Sciences  Teaching Hospital

52

Vayodha Hospital

53

Damak hospital

 

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved