फाइजरले बनाएको कोरोनाको खोप ९५ प्रतिशत प्रभावकारी, १ अर्ब बढी थान उत्पादन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 07:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले निर्माण गरेको कोरोना बिरुद्दको खोप ९५ प्रतिशत प्रभावकारी भएको पाईएको छ । यस अघि ९० प्रतिशत मात्र प्रभावकारी ठानिएको यो खोप क्लिनिकल ट्रायलको नतिजापछि थप प्रभावकारी रहेको पाईएको हो। ६५ वर्ष बढी उमेरका मानिसमा भने यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको छ 

यस संगै कम्पनीलाई खोपको ब्यबसायीक प्रयोगको लागि नियामकसँग अनुमति माग्ने बाटो खुलेको छ । कम्पनीले केहि दिन मै अमेरिकी नियामकसँग अनुमति माग्ने जनाएको छ ।

फाइजर र खोप निर्माणमा सघाईरहेको पार्टनर कम्पनीले बायोएनटेकले आफुले निर्माण गरेको खोपले सबै उमेर समुह र जातलाई काम गर्ने जनाएका हुन्। उनीहरुले यो खोपले सबै सुरक्षा मापदण्ड समेत पालना गरेको जनाएका छन् ।

पहिलो खोप लगाएका मध्ये २ प्रतिशतमा र दोस्रो खोप लगाएका मध्ये ३.७ प्रतिशतमा थकान महशुस भएको कम्पनीले जनाएको छ । केहि बृद्धवृद्धामा भने हल्का ज्वरो आउने गरेको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले यो वर्ष ५ करोड थान र सन् २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड थान खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved