६ कम्पनीका स्यानिटाइजरमा ज्यानै लिन सक्ने मिनाथल भेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 09:25:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि व्यवस्था विभागले मानव स्वास्थ्यमा हानी पुर्याउने स्यानिटाइजर बजारमा भेटिएको जनाएको छ । बजार अनुगमनका क्रममा संकलित नमूनाको परीक्षण गर्दा पछिल्लो पटक विभिन्न ६ कम्पनीका स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने मिनाथल भेटिएको विभागले जनाएको छ । 

विभागले सूचना जारी गरेरै सीता हरबल सुनसरी, मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हरबल ललितपूर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मिनाथल भेटिएको भन्दै यी कम्प्नीका उत्पादन प्रयोग नगर्न र उत्पादक तथा बिक्रेतालाई बिक्रि वितरण रोक्का राख्न निर्देशन दिएको छ । विभागका अनुसार मिनाथलले मानिसको ज्यानै लिन सक्ने सम्मको खतरा हुन्छ ।

बिक्रि रोक्का

यस्तै विभागले ३ कम्पनीका स्यानिटाइजरमा तोकिएको गुणस्तर नपुगेको भन्दै तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

कम गुणस्तर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved