नेपालले थाल्यो कोरोनाको खोप किन्ने तयारी, ७० अर्ब लाग्ने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 08:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रहरुसँग खरिद प्रकृया थालेको छ। मन्त्रिपरिषद् बैठकले भ्याक्सिन खरिदको अनुमति दिएसगैँ आवश्यक तयारी सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्यले खोपका खरिदका लागि आवश्यक रकम, भण्डारण तथा खोप ल्याउने प्रक्रियाको विषयमा अध्ययन तथा छलफल सुरु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले  सरकारको अनुमति अनुसार आवश्यक प्रक्रिया सुरु भएको बताए। 

‘११ वटा कम्पनीले कोभिडको खोप बनाएका छन् । अहिलेसम्म कुनै पनि खोप आइसकेका छैनन्, सबै परिक्षणकै क्रममा रहेका छन् । खोप नआएको हुँदा खोपको मूल्य कति पर्छ यकिन छैन ।’ उनले भने, ‘हामीले ३ करोड जनसंख्याको ८० प्रतिशत अर्थात २ लाख ४० हजार जनसंख्याका लागि आवश्यक पर्ने खोपको मूल्य र डोज अनुसार ६० देखि ७० अर्ब लाग्ने अनुमान गरेका छौँ ।’ 

यसअघि नै ग्लोबल भ्याक्सिन एलाइन्स (गाभी) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा नेपाललाई कोभ्याक्सअन्तर्गत खोप सहुलियत रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेको छ। 

केही ढिलो भए पनि कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनले भने , “अरु देशकेही ढिलो भए पनि कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले भने , “अरु देशका नागरिकले खोप प्रयोग गर्दा हाम्रा नागरिकले पनि प्रयोग गर्न सकुन् भनेर सरकार त्यो काममा जुटिरहेको छ ।”

उनले भने 'अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन । उक्त उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।'

तेस्रो चरणमा रहेका मध्ये कुन खोप पहिला आउँछ भनेर अहिले नै निक्र्योल गर्ने अवस्थामा नरहेको बताउँदै प्रवक्ता गौतमले भने , “अहिलेसम्मको खोपको परीक्षणको नतिजालाई आधार मान्दा आगामी मार्च महिनासम्ममा खोप आउँछ कि भन्ने अनुमान गरिएको छ ।”

उनका अनुसार मन्त्रालयले तीन मुख्य विषयलाई आधार बनाएर खोप खरिदका लागि आवश्यक अनुसन्धान तथा छलफल सुरु गरेको छ । सरकारले कोरोना विरुद्धको खोप जिटुजी मार्फत खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ । 

अर्थले खोप खरिदका लागि आवश्यक स्रोत परिचालन, स्वास्थ्यले खरिदको प्रक्रिया र परराष्ट्र मन्त्रालयले कुटनितिक निकायको काम गर्ने गरी समिति गठन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन मन्त्रालयले आप्नो जिम्मा अनुसारको काम गरेको जनाईएको छ ।  

गाभीले करिव एक महिना अगाडी नै खोप उपलब्ध गराउने प्रतिबद्धता पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको थियो । 

तीन साताअगाडी मात्रै फिजर बायोएनटेकले आफुले निर्माण गरेको कोरोनाको खोप ९० प्रतिशत प्रभावकारी भएको बताईरहंदा अमेरिकी कम्पनी मोडेर्नाले आफ्नो खोप ९४.५० प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।

त्यस्तै बेल्जियमको कम्पनी जानसेनले पनि अहिलेसम्मको परिक्षण सफल भईरहेको दाबी गरेको छ।यो कम्पनीले बेलायतमा आफ्नो अनुसन्धान तथा परिक्षणलाई निरन्तरता दिइरहेको छ।

बेलायतको औषधि कम्पनि एष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक मिलेर कोरोनाको खोप निर्माण गरिरहेका छन् । अबको केहि साता परिक्षणको नतिजा बाहिर ल्याउने कम्पनीको दावी छ।

त्यस्तै रुसले आफुले निर्माण गरेको स्पुत्निक भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षणमा जुटेको छ। रुसका अनुसन्धानकर्ताले यो खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबि गरेका छन्।

त्यस्तै विश्वका विभिन्न देशहरु कोरोनाको खोप निर्माणमा जुटिरहेका छन्। यसमा चीनको वुहान विश्वबिद्यालय र साइनोफर्मा, रुसको मस्को स्थित गेमालिया रिसर्च अफ एपिडेमियोलॉजी एंड माइक्रोबायोलॉजी सामेल छन्।

तर चीनको कम्पनी सिनोवेकले निर्माण गरेको खोप ब्राजिलमा परिक्षण गरिएको थियो तर परिक्षणको क्रममा एक स्वयम सेवकको मृत्यु भएपश्चात परिक्षणमाथि रोक लगाइएको थियो।

भण्डारणमा समस्या हुने अनुमान

२ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रमममा भण्डार गर्न नमिल्ने भ्याक्सिन तयार हुँदा नेपालमा भण्डारण गर्न समस्या हुने अनुमान गरिएको छ । अमेरिकाले तयार पारेको भ्याक्सिन पूर्ण रुपमा सफल भएर नेपालमा आउँदा भौतिक संरचना र आवश्यक जनशक्ति तयार गर्नुपर्ने प्रवक्ता गौतम बताउँछन् । हाल नेपालमा २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रमको मात्र कोल्ड चेन भएको भौतिक संरचना रहेको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved