आइतबार थप १२ सय ५५ जनामा कोरोना पुष्टि, १४ सय ४ जना डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 04:35:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार १२ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख १२ हजार ५९० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १४ सय ४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ९०८ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १४ सय ७९ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved