३० मिनेट मै कोरोनाको नतिजा दिने 'एन्टिजेन' परीक्षण शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 02:57:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौं उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न शुरु गरेको छ । छोटो समयमानै परीक्षणको नतिजा आउने र सस्तो पर्ने यो विधिबाट नेपालमा सोमबारबाट परीक्षण सुरु भएको हो । 

पछिल्लो समय कोरोनाको संक्रमण समूदायस्तरमा शुरू भई जोखिम बढेकाले एन्टिजनकाे परीक्षण शुरू भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रलयका अनुसार एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समूदायस्तरमा शुरु गर्न लागेको हो ।

एन्टिजेन परीक्षणका लागि करिब एक हजारदेखि १५ सयसम्म पर्न सक्ने मन्त्रालयले जनाएको छ । हाल सरकारबाट सञ्चालित अस्पताल तथा निजी अस्पतालमा कोरोना परीक्षणको मूल्य २ हजार रुपैंयाँ रहेको छ ।

पहिलो चरणमा काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा र मंगलबार र १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने भएको छ । महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा आजबाट एन्टिजेन परीक्षण सुरु गरेकाे छ । 

यो पनि:

३० मिनेट मै कोरोनाको नतिजा दिने एन्टिजेन परिक्षण विधि कति प्रभावकारी ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved