स्वास्थ्य मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदुत बिच भेटवार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 08:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी अमेरिकाका कार्यावाहक राजुदत मिचेल गोन्जालेस बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री पोखरेलले भुकम्पको बेला अमेरिकाले नेपाललाई गरेको सहयोगलागी धन्यवाद व्यक्त गरे। 

दाङ्गबाट शुरु भएको मलेरिया उन्मुलन कार्यक्रमको निम्ती अमेरिकी नियोगको गरेको सहयोगको पनि मन्त्री पोखरेलले प्रशंसा गरे। सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्यका धेरैं अधिकार स्थानिय तहमा गएकोले अमेरिकासंग थप सहयोगको अपेक्षा गरिएको बताए। 

मन्त्री पोखरेलका स्वकीय सचिव सुदर्शन पराजुलीले दिएको जानकारी अनुसार मन्त्री पोखरेलसंगको भेटवार्तामा नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत मिचेल गोन्जालेसले अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग थप छलफल गरी बढाउन सकिने धारणा राखे।     

राजुदत गोन्जालेसले स्वास्थ्य क्षेत्रको विकासको निम्ती अमेरिकाले थप सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरे। गोन्जालेसले अमेरिकी नियोगले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगको सही सदुपयोग गर्न समेत गरे। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved