काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिविबाट सम्बन्धन, निर्णय नसच्याए १२औँ अनशन बस्ने ड़ा केसीको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2017 | 10:04:35 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन बिश्वबिद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको छ। त्रिवि कार्यकारी परिषद्को तीन हप्ता अघिको बैठकबाट काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको जनाइएको छ। 

त्रिवि कार्यकारी परिषदले  सर्वोच्च अदालतको मानहानी सम्बन्धी परेको मुद्दाका आधारमा काठमाडौं नेश्ननल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको बताइएको छ।

एक महीनाअघि नै सर्वोच्च अदालतबाट पुनः तोकता गर्न नपर्ने गरी त्रिविबाट निर्णय गराउन सर्वोच्चको निर्देशन आएकाले सम्बन्धन दिने निर्णय गरिएको त्रिविका उपकुलपति तिर्थ खनियाले बताएका छन्। उनका अनुसार नेशनल मेडिकल कलेजले त्रिविलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेको र त्यस विषयमा अदालतमा छलफल हुँदा आफुहरु नै अदालतको मानहानीमा पर्ने डर भएकाले नेशनललाई सम्बन्धन दिइएको हो।

डा. गोविन्द केसीको आन्दोलन जारी रहेको र संसदमा चिकित्सा शिक्षा सम्बन्धि विधेयक विचाराधिन रहेको अवस्थामा त्रिविले नेशनललाई सम्बन्धन दिएपछी यो बिषय विवादमा पर्ने देखिएको छ। 

प्रधानमन्त्री कार्यालय र आईओएमबाट पनि नेशनललाई सम्बन्धन दिन दबाब आएको उनको भनाई छ। बसरुद्धिन अन्सारी सञ्चालक रहेको नेशनललाई सम्बन्धन दिन सर्वोच्चबाट २०७१ सालमा फैसला भएकोमा त्यति नै बेला फैसला कार्यान्वयनका लागि त्रिविलाई पत्राचार भएको थियो।

त्रिवीले काठमाडौं नेशनल मेडिकल कलेजलाइ राजधानीमा मेडिकल कलेज संचालन गर्न सम्बन्धन दिएको प्रति डा. गोविन्द केसीले असन्तुष्टि ब्यक्त गरेका छन। ड़ा केसीले नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन फिर्ता र त्यसमा संलग्न पदाधिकारीलाई तत्काल कारबाही नभए आफु १२औँ अनशन बस्न वाध्य हुने बताएका छन। 

त्यस्तै प्रा. डा. केसीले चिकित्सा शिक्षा विधेयक अघि नबढाउन चेतावनी दिएका छन् । जालझेलपूर्वक अहिलेकै अवस्थामा विधेयक पारित गर्ने प्रयास गरे सत्याग्रहसहित विरोधका कार्यक्रम शुरु गर्ने डा. केसीको चेतावनी छ। 

२३ दिनलामो अनसन स्थगितपछि शिक्षण अस्पतालमा उपचाररत डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पास गरेको विधेयक ‘माफियामुखी संस्करण’ भएको बताएका हुन।

डा. केसीले बाढीपहिरोले देशमा विषम परिस्थिति उत्पन्न भएको अवस्थामा आफू अनशन बसिरहनु उपयुक्त नभएको भन्दै आफ्नो ११ औँ अनशन २३ दिनपछि गत मंगलबार स्थगन गरेका हुन। यस अघिको अनसन २२ दिनमा तोडिएको थियो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved