महोत्तरीमा एकै पटक २६ स्थानमा निशुल्क स्वास्थ्य शिबिर, १५ हजार लाभान्वित

स्वास्थ्यमन्त्री पोखरेलद्वारा सेवाग्राहीको नङ काटेर स्वास्थ्य शिविरको उद्घाटन
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2017 | 06:46:27 PM मा प्रकाशित

laxmi  sunrise bank



स्वास्थ्य मन्त्रालयले महोत्तरी जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा २६ स्थानमा एकै पटक एकै दिन निशुल्क स्वास्थ शिविर संचालन गरेको छ। महोत्तरीमा बाढीबाट अति प्रभावित क्षेत्र लोहारपट्टीबाट सेवाग्राहीको नङ काटेर स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले एकिकृत स्वास्थ्य अभियान अन्तर्गतको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन।

महोत्तरीमा बाढिबाट प्रभावितहरुमा महामारी फैलिन नदिन आयोजित जिल्लामा एकैपटक २६ ठाउँमा निशुल्क स्वास्थ्य शिबिर सन्चालन गरिएको स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन। 'महामारी प्रकोप लगायत महामारी नियन्त्रण गर्न एकिकृत स्वास्थ्य अभियान (निःशुल्क स्वास्थ्य शिविर) सञ्चालन गरिएको हो।' स्वास्थ्यमन्त्री पोखरेलले भने।    

 

नेपालमा पहिलो पटक आयोजना गरिएको यस स्वास्थ्य शिविरबाट महत्तोरीका १४ हजार ७७६ जना सेवाग्राही लाभान्वित भएका छन। स्वास्थ्य शिबिरबाट लाभान्वित हुने सेवाग्राहीमा ८ हजार ७९० जना महिला र ५ हजार ९८६ पुरुष रहेका छन। सेवाग्राहीमा बालबालिकाको संङ्ख्या अधिक रहेको पाइएको छ। 

विशेष गरि बाढी प्रभावित क्षेत्रमा संचालन भएको स्वास्थ्य शिबिरमा भाईरल फिबर, झाडापखाला, छालाको संक्रमण, रुघाखोकी, निमोनिया, हाडजोर्नीको समस्या लगायतका समस्या भएका भएका बिरामीहरु थिए। 

शिविरमा उपचार हुन नसकेका बिरामीहरुलाई जनकपुर अञ्चल अस्पताल र धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान रिफर गरिएको छ। शिविरमा प्राथमिक स्वास्थ सेवा देखि विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ सेवा प्रदान गरिएको छ। ४ सय स्वास्थकर्मी र प्रत्येक शिविरमा कम्तीमा दुइ जना विशेषज्ञ डाक्टरद्वारा उपचार गरिएको छ।              

शिविरमा सामान्य स्वास्थ्य जानकारी र दैनिक जिवनमा अपनाउनु पर्ने व्यवहारिक स्वास्थय ज्ञान समेत दिइएको छ। नङ्ग काटने, हात धुने, पानी सुद्द पार्ने तरिकाहरु र गर्भवती, ६ महिना सम्मको सुत्केरी, २ बर्ष सम्मको बालबालिकालाई आवश्यक पौष्टिक आहार निशुल्क वितरण गरिएको छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved