सोलुखुम्बुमा पनि सुरु भयो स्वास्थ्य बिमा कार्यक्रम, ६६ प्रकारका रोगको निःशुल्क उपचार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2017 | 06:45:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सोलुखुम्बुमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बिमा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा. मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिए।

प्रमुख डा. शेर्पाका अनुसार स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्न सोमबार जिल्लाका ५२ वटै वडाका लागि सहयोगी कार्यकर्ता भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। कर्मचारी छनोटपछि उनीहरुलाई तालिम दिएर कार्यक्षेत्रमा खटाइने जनाइएको छ।

सरकारी स्वास्थ्य बिमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने डाक्टर शेर्पाले बताए।

बहिरंग विभागको सेवादेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने र अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपरी बिमा सदस्यता लिन कार्यालयले आग्रह गरेको छ। बिमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ।

बिमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक रु दुई हजार ५०० ‘प्रिमियम’ बुझाएपछि रु ५० हजारसम्मको उपचार पाउनेछन्। एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले रु ४५० वार्षिक प्रिमियम बुझाएमा रु १० हजारको उपचार सेवा थप हुनेछ। रासस

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved