गोल्छा महासंघको अध्यक्ष निश्चित, वरिष्ठ उपाध्यक्षमा ४ आकांक्षी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 12:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मुख्य एजेन्डामा बिधान संसोधन राखेर डाक्न लागिएको नेपाल उद्योग बाणिज्य महासंघको बिशेष साधारण नहुने अवस्थामा पुगेको छ। आज शुक्रबार बेलुका ५ बजे बस्ने बिधान संसोधन समितिको बैठकबाट नै समाधान निस्किने भएकाले बिशेष साधारणसभा नहुने अवस्थामा पुगेको बताइएको छ। 

आजबस्ने बिधान संसोधन समितिको बैठकले नै साधारणसभा नगर्ने निर्णय गर्ने सम्भावना रहेको समितिका संयोजक चण्डिराज ढकालले बिजपाटीलाई बताएका छन। वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने व्यवस्थालाई संसोधन गर्ने लगायतका प्रस्ताव राखेर कात्तिक २९ गतेको लागि बिशेष साधारणसभा डाकिएको थियो। 

आगामी साधारणसभाबाट अध्यक्ष बन्ने लाइनमा रहेकाहरु विधान संशोधनको पक्षमा देखिएका थिए भने निवर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतका पधादिकारीहरु विधान संशोधनको विपक्षमा छन।  विशेष साधारसभा स्थगित भएमा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत महासंघको अध्यक्ष बन्नेछन।

महासंघ अब निर्वाचनमा केन्द्रित 

बिधान संसोधनका लागि डाकिएको बिशेष साधारणसभा नहुने निश्चित जस्तै भएपछि बहस अब निर्वाचनमा केन्द्रित भएको छ। हाल वरिष्ट उपाध्यक्ष रहेका शेखर गोल्छा बिधानत: स्वत अध्यक्ष बन्ने भएपछि वरिष्ट उपाध्यक्ष लगायतका पदका लागि छलफल केन्द्रित हुन् थालेको छ।   

वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म चार जनाले इच्छा व्यक्त गरेका छन्। उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र पूर्व उपाध्यक्ष तथा तीन नम्बर प्रदेश प्रमुख दिनेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा अगाडि आएका छन् ।

चार मध्ये सबैभन्दा बलियो उम्मेदवारको रुपमा धेरैले उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाललाई लिने गरेका छन। बिधान संसोधन भएको हुन्थ्यो भनेपनि अध्यक्षका लागि उमेशलाल र चन्द्रप्रसाद ढकालबीच तिब्र प्रतिस्पर्धा हुने विश्लेषण गरिएको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved