गोल्छा अध्यक्ष बन्ने पक्का, ससर्त महासंघको विशेष साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 08:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको आगामी अध्यक्ष शेखर गोल्छा बन्ने पक्का भएको छ। वरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष बन्न पाउने लगायतका व्यवस्था संसोधनका लागि महासंघले कात्तिक २९ गते डाकेको बिशेष साधारणसभा स्थगित हुने भएपछि गोल्छा अध्यक्ष बन्ने पक्का भएको हो।

महासंघको विधान अनुसार नै तीन वर्ष अघि प्रत्यक्ष निर्वाचन लडेर शेखर गोल्छा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । शुक्रबार बेलुका ५ बजे बसेको विधान संसोधन समितिको बैठकले बिशेष साधारणसभा स्थगीत गर्ने निर्णय गरेको हो। 

आज बसेको बैठकबाट वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने व्यवस्था बाहेकका प्रस्ताब साधारणसभामा लैजाने सहमति जुटेपछि बिशेष साधारणसभा नहुने भएको हो।

विधान संसोधन समितिले बरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विधानलाई निरन्तरता दिने प्रस्ताव ल्याएकाले विशेष साधारणसभाको कुनै औचित्य नै नभएकाले स्थगित भएको समितिका सदस्यले बिजपाटीलाई बताए। अन्य बाँकी दुई दर्जन बढी बिषयलाई चैतमा हुने नियमित साधारणसभामा नै पेश गर्ने सहमति जुटेको उनले बताए।

समितिका सदस्यले भने, 'बिधान संसोधनका आवश्यक तिन महले २९ वटा प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय भएको छ, वरिष्ट उपाध्यक्षलाई अध्यक्ष बनाएर जाने बाहेक अन्य बुँदामा संसोधन प्रस्ताव हुनेछ'       

आजको बैठकले निर्णयगरेसंगै समितिले विशेष साधारणसभा स्थगित गर्नको लागि महासंघको कार्यकारिणीलाई पत्र पठाउने छ । सो अनुसार महासंघको कार्यकारीणी बैठकले विशेष साधारणसभा स्थगित गर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved