व्यवसायीलाई चुनाव लाग्यो, वरिष्ठ भन्दा जिल्ला नगर उपाध्यक्षमा तिब्र प्रतिस्पर्धा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2019 | 02:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका व्यवसायीहरुको संगठन नेपाल उद्योग बाणिज्य महासंघमा आगामी निर्वाचनलाई लिएर माहोल तात्तिएको छ। वरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष हुन् पाउने बिषयमा सहमति जुटेपछि महासंघको अबको चुनावमा वरिष्ट उपाध्यक्षमा तिब्र प्रतिस्पर्धा हुन् सक्ने आंकलन गरिएको छ। 

यद्दपी वरिष्ट उपाध्यक्षका अन्य आकाँक्षी अन्तिमसमयमा पछि हट्ने सम्भावना बढ्दै गएकाले वरिष्ट उपाध्यक्ष बाहेकका पदका लागि अत्यधिक प्रतिस्पर्धा हुने बताइएको छ। 

वरिष्ट उपाध्यक्षका आकाँक्षी किशोर प्रधान, उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठले अन्तिम समयमा प्रतिस्पर्धाबाट बाहिरिने सम्भावना रहेकाले चन्द्रप्रसाद ढकाल निर्विरोध वरिष्ट उपाध्यक्ष बन्ने सम्भावना रहेको बताइएको छ।  

'यदि चन्द्र प्रसाद ढकाल वरिष्ट उपाध्यक्षमा निर्बिरोध हुन्छन भने महासंघमा अबको चुनावमा धेरै ठुलो प्रतिस्पर्धा देख्न पाइनेछ' महासंघका एक कार्यसमिति सदस्यले भने, 'माहोल हेर्दा किशोर प्रधानले अन्तिम समयमा वरिष्ट उपाध्यक्षबाट हात झिक्ने देखिन्छ, त्यसपछि ढकाल स्वत वरिष्ट उपाध्यक्ष बन्न पाउनेछन, तर अन्य पदका लागि पनि हेर्न लायकको प्रतिस्पर्धा हुनेछ।' 

ति अधिकारि भन्छन, वरिष्ट उपाध्यक्षमा नै प्रतिस्पर्धा भएको अवस्थामा कम्तिमा दुईवटा समुह बन्छन र आ आफ्नो समुहबाट उपाध्यक्ष र अन्य पदका लागि उम्मेद्वारी दिइन्छ तर वरिष्ट उपाध्यक्षमा नै सहमति जुट्यो भने समुह बन्ने सम्भावना हुदैन र खुला प्रतिस्पर्धा हुँदा झनै धेरै प्रतिस्पर्धा हुन्छ। 

ढकाल महासंघमा एसोशिएट समूहको उपाध्यक्ष हुन् भने प्रधान जिल्ला नगर समूहको उपाध्यक्ष हुन्। त्यस्तै उमेशलाल श्रेष्ठ हाल वस्तुगत समूहको उपाध्यक्ष हुन् भने दिनेश पूर्व उपाध्यक्ष तथा प्रदेश ३ उद्योग वाणिज्य संघको सभापति हुन् । 

महासंघको एसोशिएट उपाध्यक्षमा सौरभ ज्योतिले इच्छा देखाएका छन। यद्दपी शाहिल अग्रवालको पनि एसोशिएट उपाध्यक्षमा दाबि रहँदै आएको छ। त्यस्तै वस्तुगत समूहको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ र कमला श्रेष्ठले चाहाना राखेका छन्। 

केन्द्रमा उपाध्यक्ष पदमा भन्दा पनि जिल्ला नगर उपाध्यक्षमा बढी प्रतिस्पर्धा हुने देखिएको छ। जिल्ला नगर उपाध्यक्षमा कार्यसमिति सदस्य तथा महासंघको व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठ र कार्यसमिति सदस्य तथा प्रदेश ५ का अध्यक्ष गुणनीति तिवारी तथा अरुण सुमार्गीले इच्छा जनाएका छन।   

यता प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्का र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)का अध्यक्ष  डीवी बस्नेतलाई पनि जिल्ला नगर उपाध्यक्षको उम्मेदवारको रुपमा हेरिएको छ। 

आगामी चैतमा १ वरिष्ट उपाध्यक्ष, ३ उपाध्यक्ष सहित ७० पदको लागि निर्वाचन हुँदैछ। वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष पदमा लागि प्रत्यक्ष निर्वाचन हुन्छ भने कार्यसमितिबाट कोषाध्यक्ष चयन हुन्छ।वरिष्ट उपाध्यक्षका लागि जिल्ला नगर, बस्तुगत र एसोसिएटको भोट आवश्यक हुन्छ भने उपाध्यक्षका लागि जुनको उपाध्यक्षमा लड्ने हो त्यसको समुहबाट भोट आवश्यक हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved