हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 07:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा आयोजना हुने हस्तकला मेलाको तयारी पुरा भएको छ । अगामी मङ्सिर १२ गतेदेखि  १६ गतेसम्म भृकुटीमण्डपमा १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता हुन् लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा मेला हुन् लागेको हो ।

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ । महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार हुने बताए  ।

यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए । मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका  युरोपका विभिन्न मुलुकमा २० भन्दा  बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् ।

 मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् । मेलाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved