अब नेपाल मै गाडी उत्पादन, कोरियाली कम्पनीसँग १० अर्बको सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 09:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मै सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्नको लागि कोरियाली लगानीकर्तासँग सम्झौता भएको छ ।  लगानी बोर्ड र कोरियाली कम्पनी मोर्टरेक्सबीच लगानीसम्बन्धी प्रारम्भिक सम्झौता सम्झौता भएको हो ।

चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कोरियाको मोर्टरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरणका वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको हो । सम्झौता अनुसार कोरियाली कम्पनीले रुपन्देहीको मोतीपुरमा सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्ने छ ।  १० अर्ब ५४ करोड (१० करोड ५० लाख अमेरिकी डलर) लागत अनुमान गरिएको सो परियोजनाका लागि लगानी बोर्डले लगानी स्वीकृति दिइसकेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार सवारी उद्योगमा विदेशी लगानी आकर्षित गर्ने विषयमा पहिलो तहको समझदारी जुटेको हो । यो सम्झौतापछि नेपाल र कोरियाका लगानी बोर्डले उद्योग स्थापनाका लागि निर्णय गर्नुपर्ने हुन्छ । दुवै देशका लगानी बोर्डको स्वीकृतिपछि नेपालमा कम्पनी तथा उद्योग दर्ताको प्रक्रिया सुरु हुने छ । उद्योगमा शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved