महासंघ उपाध्यक्षमा सौरभ ज्योतिको उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 05:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका व्यवसायीहरुको ठुलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षका लागि युवा व्यवसायी सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन्। ज्योतिले आगामी चैत्रमा हुने महासंघ निर्वाचनमा एसोसिएट उपाध्यक्षका लागि उम्मेद्वारी दिने बताएका हुन्।

महासंघमा तीन मध्ये एक उपाध्यक्ष एशोसिएटबाट निर्वाचित हुने व्यवस्था छ। गत अधिवेशनमा व्यवसायी चन्द्र ढकाल एसोसिएटबाट सर्वसम्मत उपाध्यक्ष चयन भएका थिए।

उनले अघिल्लो अधिवेशनमा पनि उम्मेद्वारी घोषणा गरेका थिए । तर अन्तिममा आएर उनले उम्मेद्वारी फिर्ता दिएपछि चन्द्र ढकाल सर्वम्मत रुपमा एशोसिएट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

ज्योति अटो व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल डिलर्स एशोसिएनसका अध्यक्ष भइसकेका छन। हाल राजश्व समितिका सभापति रहेका सौरभले ४ कार्यकाल महासंघमा बिताएका छन् ।

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved