बुटबलमा औद्योगिक व्यापार मेला, ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 23, 2019 | 12:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा देवीनगरमा सञ्चालन गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको आयोजक बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।

संघले आईतबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि तयारीका काम पुरा भएको जनाएको हो । मेलाको बुधबार सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नेछन। 

नेपाल उद्योग बाणिज्य महासंघ संरक्षक, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय ५ नं. प्रदेश र बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ आगामी बुधबारदेखि बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सञ्चालन हुँदैछ ।

मुलुकको अर्थतन्त्र सुधारकालागि औद्योगिक बिकास, रोजगारी प्रवद्र्धन तथा उद्यमशिलता बिकास गर्ने, त्यसकालागि कृषिमा आधुनिकिकरण, प्रविधिको प्रयोग र व्यबसायिक बिकास तथा पर्यटन पवद्र्धन गर्ने उद्देश्यले सहित २० औं संस्करणको औद्योगिक व्यापार मेला गर्न लागिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराए । 

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा तराईदेखि हिमालसम्मका कृषि, गार्मेन्ट, होटल, इलेक्ट्रोनिक्स, प्रविधी तथा परामर्श, हस्तकला, अटो, महिला उद्यमी, पर्यटन लगायतका ५ सय स्टल सहभागि हुनेछन् ।

 १५ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने र मेलाभित्र १५ करोडको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष हमालले जानकारी गराए । 

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला गरेको बुटवल उद्योग बाणिज्य संघले ६६ वर्षको लामो संस्थागत यात्रामा १९ वटा मेला सम्पन्न गरिसकेको छ । विगतमा गरेका मेलाबाट सिकेका कुराहरुलाई परिस्कृत गरेर २० औं संस्करणको मेला सञ्चालनको तयारी गरिएको छ ।

उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सृजना गर्न अझ परिस्कृत रुपमा मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा यस क्षेत्रको पर्यटन सम्बन्धि गतिबिधि प्रवद्र्धन गर्ने अवसरको रुपमा समेत मेलालाई लिइएकोछ । 

मेलालाई आकर्षण बढाउनकालागि यस क्षेत्रका पर्यटकीय स्थलहरु समेटिएको सेल्फी जोन निर्माण गरिएको छ भने पानीबाट चल्ने गाडी, हुन्डाई गाडीको सिमुलेसन सहितको प्रबिधि मेलामा राखिने छ । त्यस्तै यस क्षेत्रको ऐतिहासिक जीतजढी किल्ला आकृतिमा प्रवेशद्वार, संघको सचिवालय आकृतिमा मेला सचिवालय निर्माण गरिएको छ ।

त्यसैगरी नेपाली कला, सस्कृति, भेषभुषा संरक्षणका लागि विभिन्न सास्कृतिक प्रतियोगिताहरु एवं झाकीं प्रदर्शन गरिने छ । मेलाको आकर्षणको रुपमा सुरुको पाँच दिनसम्म ईन्दे्रणी समाजको दोहोरी कार्यक्रम सञ्चालन हुनेछ भने यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता सञ्चालन गरिने संघले जनाएको छ । 

मेलामा बिक्रि भएको प्रत्येक टिकटबाट सामाजिक उत्तरदायित्व बहन गरि शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदकालागि ३ रुपैंया छुट्याईएको छ । मेलामा प्रवेशकालागि टिकटमा ६० रुपैंया शुल्क निर्धारण गरिएको छ भने बिद्यार्थीकालागि ५० प्रतिशत छुट तथा जेष्ठ नागरिककालागि परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यबस्था मिलाईएको संघका महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराए । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले बुटवलमा हुने मेला जिल्लाकै गौरव भएकाले पत्रकारिता क्षेत्रबाट सुरु देखिनै सहयोग रहँदै आएको र आवश्यक सहयोगकालागि प्रतिवद्धता व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved