भृकुटीमण्डपमा जुत्ता मेला सुरु, २५ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 04:35:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौंको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सुरु भएको छ । उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतीलाल दुगडले मेलाको उद्घाटन गरेका हुन् । 

नेपाल छाला जुत्ता उत्पादक संघले मेला आयोजना गरेको हो  । मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने आयोजकले जनाएको छ । संघले गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने जनाएको छ ।

मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र  जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने संघले जनाएको छ । माघ ४ गतेसम्म चल्ने मेलामा प्रवेश निशुल्क गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved