तिलोत्तमामा राष्ट्रिय औद्योगिक ब्यापार मेला, १५ करोडको कारोबार लक्ष्य

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jan 20, 2020 | 09:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमामा  राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा ' तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी' भन्ने नाराका साथ माघ १० गते देखी २१ गते मेला हुने भएको हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले महोत्सवलाई भव्य रुपमा सफल बनाउन आग्रह गरेका छन्  । उनले नगरपालिकाले सुरु गरेको शुन्य पोलिथिन अभियानलाई आत्मसाथ गर्न र स्वदेशी फूलमालाको प्रयोग गर्न आग्रह गरेका छन् ।  मेलाले उद्योग, व्यवसाय, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने र यसका लागि तिलोत्तमाको पहिचान कायम गर्नेगरी अघि बढ्न उनले आयोजकलाई सुझाव दिए । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले मेला तथा महोत्सवबाट यहाँका उत्पादन, भेषभुसा र संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

मेला तिलोत्तमा ५ मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्वमा सञ्चालन हुनेछ । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved