प्राधिकरणले ६७ प्रतिशत महङ्गो बिल काटेको भन्दै उद्योगीले गुहारे मुख्यमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 04:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल—भैरहवा क्षेत्रमा संचालन भइरहेका उद्योगहरु नेपाल विद्युत प्राधिकरणले ट्रंक कल विलिङ्ग गरेको भन्दै त्रसित बनेका छन् । विशेष गरी भलवारी पडसरी क्षेत्रमा विगत लामो समयदेखि संचालन हुँदै आइरहेका उद्योगीहरुलाई हाल आएर एक्कासी ट्रंक कल बमोजिम दररेट कायम गरी विलिङ्ग गरेकोमा साधरण विद्युत भन्दा ६७ प्रतिशत महङ्गो हुन गएको आरोप लगाएका छन् ।

२०७५ साल देखिको छुट विलिङ्ग भनि लाखौं रकम बक्यौता देखाएको भन्दै उक्त क्षेत्रका २१ वटा उद्योगहरुको गुनासो आएको भन्दै रुपन्देही उद्योग संघको एक टोलीे बुधबार मुख्य मन्त्री कार्यालयमा डेलिगेसन गएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा संघका पदाधिकारी एवं उद्योगीहरु सहभागी टोलीले मुख्य मन्त्री शंकर पोखरेलसँग भेट गरी उद्योगीहरुको समस्या समाधानका लागि गम्भिर बनिदिन आग्रह गरे ।

ट्रंक कल विलिङ्ग समस्याले विद्युत शुल्क महङ्गो हुन गई उत्पादन महङ्गो भईदिंदा बजारमा प्रतिस्पर्धा गर्न नसकी उद्योग बन्द गर्नुपर्ने अवस्थाको श्रृजना हुँदै गएको उनीहरुको भनाई छ । उद्योगीहरुको कुनै अनुरोध विना एकलौटी ढंगबाट ट्रंक लाइन प्रयोग भनी विलिङ्ग लागू गरिएकोमा मुख्यमन्त्री पोखरेलले उद्योगीहरुको समस्या प्रति प्रदेश सरकार गम्भिर रहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved