श्रेष्ठको प्रस्तावमा ढकालको उम्मेदवारी, ५ प्रदेश र ६३ जिल्ला अध्यक्षद्वारा समर्थनको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 09:40:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन्। ढकालले महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठको प्रस्ताव तथा पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल पाँचवटा प्रदेशका अध्यक्षहरुको उपस्थितिमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

व्यवसायीहरुको आग्रह र प्रस्तावलाई स्वीकार गरेर आफुले महासंघको वरिष्ट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको सुनाउदै ढकालले आफ्नो गाउँ र पुरानो व्यवसाय सम्झीए। "बागलुङको गाउँमा जन्मिएर, एउटा सहायकस्तरको जागिर छाडेर शुरु गरेको सानोतिनो व्यवसायबाट‌ै तपाईंहरु अधिकांश जस्तै मेरो पनि व्यवसायिक जीवन शुरु भएको हो" उनले भने। 

राज्य भनेको हाम्रो अभिभावक भएको र यसले व्यवसायीलाई सहजीकरण गरिदिनुपर्ने बताउदै ढकालले निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बन्न नसक्ने बताए। 

यो पनि: चन्द्र ढकालको उम्मेदवारी घोषणासभामा जे देखियो (फोटोफिचर)

निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि भएको र यसका लागि उद्योगी व्यवसायी आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नुपर्ने भएकाले आफुले उम्मेदवारीको नारा समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार राखेको बताए। 


उम्मेदवारी घोषणासभामा बोल्दै ढकालले ढकालले आगामी अध्यक्ष शेखर गोल्छालाई पनि सम्झिए। आगामी तीन वर्षका लागि डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेको बताउदै ढकालले गोल्छाको नेतृत्त्वमा व्यवसायिक र गतिशील टीम बन्ने दाबी गरे। 

"यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर ११ बनाउनेछौं" उनले भने।

घोषणासभामा पाँचवटा प्रदेशका प्रदेश अध्यक्षले आफ्नो र जिल्लानगर संघको समर्थन ढकाललाई नै भएको बताएका थिए। सभाकर्माणाली  बोल्दै ललिपुर जिल्लानगर संघका अध्यक्ष कृष्ण महर्जन, सुदुर पश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी, कर्णाली प्रदेशका प्रदेश प्रमुख पदम बहादुर शाही, गण्डकी प्रदेशका सन्जिब बहादुर कोइराला, प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले आफ्नो पूर्ण समर्थन र साथ् ढकाललाइ रहेको घोषणा गरेका थिए।

चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा

त्यस्तै घोषणासभामा उपस्थित देशका बिभिन्न जिल्लाका जिल्लानगर अध्यक्ष, केन्द्रिय कार्यसमिति सदस्य लगायतले समेत आफ्नो समर्थन ढकाललाई नै रहेको घोषणा गरेका थिए। देशका ११७ जिल्ला नगर मध्ये घोषणासभामा मात्रै ६३ जिल्लाका जिल्ला नगर अध्यक्षले आफ्नो समर्थन ढकाललाई रहेको घोषणा गरेका थिए।  महासंघको निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला उद्योग र नगर उद्योग संघ गरि कुल ११२ वटा सँस्था छन। यस मध्ये १०७ वटासँग मात्र भोटिङ अधिकार छ। ५ वटाले महासंघको सदस्य भएरपनि मापदण्ड पुरा गर्न बाँकी रहेकाले निर्वाचनमा सहभागि हुन पाउनेछैनन्। घोषणासभामा बैंकर, उद्योगी व्यवसायी, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्तिथी थियो। 

यद्दपी ढकालको उम्मेदवारी घोषणामा महासंघको आगामी अध्यक्ष शेखर गोल्छा, बहालवाला अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारकाले उपस्तिथी जनाएनन।  महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनको घोषणासभामा गोल्छा, मुरारकाले उपस्थित जनाएका थिए।  

महासंघको नयाँ कार्यसमिति सदस्यका लागि यहि चैत २९ गते निर्वाचन हुदैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने ब्यवस्था भएकाले शेखर गोल्छा आगामी ३ बर्षका लागि अध्यक्ष बन्ने  भएका हुन्।  त्यसैले अहिले महासंघमा वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको हो। 

व्यवसायीको संगठनमा बढ्यो चुनावी सरगर्मी, उपाध्यक्ष भन्दा केन्द्रिय सदस्यलाई बढी रस्साकस्सी

मतको अवस्था 

महासंघको निर्वाचनमा प्रदेश अध्यक्ष, प्रदेश प्रतिनिधि र जिल्ला नगरको संस्थापक सदस्यले मतदान दिन सक्नेछन। जिल्ला नगरको अध्यक्षले केन्द्रको वरिष्ठ र उपाध्यक्ष छान्न पाउँछन। वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको ५०, बस्तुगत तर्फको ३० र एसोसिएट्सको २० प्रतिशत मत रहन्छ।    

अहिलेसम्म महासंघको निर्वाचनलाई लिएर स्पष्ट प्यानल नबनेकाले अहिलेनै को कसले कुन पदका लागि कसको उम्मेदवारी रहन्छ भन्ने कुराको अनुमान लगाउन गाह्रो हुने ब्यवसायी बताउछन। महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष निर्विरोध र अरु तीन उपाध्यक्षमा सहमति जुट्न सक्ने भएकाले यस पटक केन्द्रिय सदस्य तथा जिल्ला नगर केन्द्रिय सदस्यका लागि चुनाव धेरै प्रतिस्पर्धी हुन सक्ने बताइन्छ। चैतको अन्त्यमा हुने ५४ औं वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । चैत २८ मा साधारण सभा शुरु हुने र २९ मा चुनाव हुने कार्यक्रम छ।

चन्द्र ढकाललाई सघाउने गरि महासंघको उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved