सम्राट सिमेन्टले बनाईदियो प्रहरीका लागि पक्की भवन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 09:34:32 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङको सम्राट सिमेन्ट प्रा.ली.ले ६ कोठे पक्की भवन निर्माण सकेर प्रहरीलाई हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सभ्य समाज, सुरक्षित समाज’ भन्ने नाराका साथ निर्माण गरेको भवन प्रहरीलाई हस्तान्तरण गरेको हो । 

लमही नगरपालिका ७ स्थित उक्त सिमेन्ट कम्पनीले निर्माण गरेको भवनको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै एपेक्स ग्रुप अफ कम्पनीका अध्यक्ष एवम् सम्राट सिमेन्टका अध्यक्ष मुकुन्द प्रसाद तिमल्सिनाले दाङका प्रहरी प्रमुख जनक भट्टराई उक्त भवनको चाबी हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved