विद्युत प्राधिकरणको विभेदले २२ उद्योग मारमा, उद्योगीहरुको आन्दोलन गर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 08:33:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवा बुटवल ओैद्योगिक क्षेत्रमा सञ्चालित डेढ दर्जन उद्योग अप्ठ्यारोमा परेका छन्। नेपाल बिद्युत प्राधिकारणले आफूखुसी ट्रंकलाइन जडान गरेर बिजुलीको रकम असुल गरेकाले त्यहाँका उद्योगहरु अप्ठारो अवस्थामा पुगेका हुन्। 

प्राधिकरणले एकै प्रसारण लाइनबाट पनि उद्योगहरुलाई फरक फरक दरले बिजुलीको रकम असुल गरेको त्यहाँका व्यवसायीहरुले आरोप लगाएका छन। एउटै विद्युत प्रसारण बाट प्राप्त केही उद्योगीहरु लाई वढि विद्युत महसुल कायम गरिएको र केहि उद्योगीहरुलाई कम गरिएको व्यवसायीहरुको गुनासो छ।  यो निर्णय पनि न्यायउचित नभएको उद्योगीहरुले बताएका छन् । 

भैरहवा बुटवल ओैद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको विद्युत आपुर्ति ३३ के।भि।ए। लाईनबाट बिद्युत प्रसारण हुदै आएको छ । हाल आएर नेपाल विद्युत प्राधिकरणले भने अनुसार यस क्षेत्रका उद्योगहरुको विद्युत आपुर्ति ट्रंकलाईन बाट भैरहेको हुँदा यस क्षेत्रका १७ वटा उद्योगहरुलाई २०७६ मंसिर बाट र अर्को यस्तै गरि मणिग्राम देखि पडसरी सम्मको औधोगिक कोरिडोर ३३ के।भि।ए। निउ २ विद्युत प्रसारण लाईन बाट उद्योगहर सञ्चालन हुदै आईरहेको छ । थप ५ वटा उद्योगहरुलाई मिति २०७६ माघ बाट साधारण महसुलको सट्टा ट्रंकलाईनको दरमा विद्युतको  बिलिङ्ग गरि पठाइएको छ ।

थप ५ वटा औद्योगिक कोरिडोरको ३३ के।भि।ए। निउ२ विद्युत प्रसारण लाईन बाट सञ्चालीत उधोगीहरुलाई कुनै जानकारी नदिई बुटवलको सव‐स्टेशन बाट भैरहवा सव‐स्टेशन सम्मका उद्योगीहरुलाई आफ्नै मनोमानी परिभाषा गरि उच्च विद्युत महसुल कायम गरिएको छ । तर उक्त ३३ के।भि।ए। औधोगीक कोरिडोर बाट नै सञ्चालीत उद्योगहरु जुन भैरहवा देखि पश्चिम तिरका उद्योगहरु लाई भने सामान्य विद्युत महसुल कायम गरिएको छ । उक्त निउ२  ३३ के।भि।ए। विद्युत प्रसारण लाई बुटवलको सब‐स्टेशन बाट भैरहवाको वितरण केन्द्र हुदै सुरक्षा को लागि मात्र स्विचिङ्ग राखिएको प्रसारण लाईन रहेको छ । 

विद्युत नियमावली अनुसार ट्रंकलाईनबाट विद्युत आपूर्ति लिनको लागी सम्बन्धित उद्योगले प्राधिकरण समक्ष निवेदन दिनुपर्ने र उक्त निवेदन उपर काम कारवाही भई स्विकृत भए पछि मात्र ट्रंकलाईन जडान गरिने र महसुल पनि त्यसै दर अनुसार भुक्तानि गर्नु पर्ने हुन्छ । यस खालको नियम भएता पनि यस क्षेत्रका  कुनै पनि उद्योगले कुनै पनि बखत ट्रंकलाईनको लागी आवेदन अथवा टं«क लाइन  जडान गर्नु पर्ने इच्छा नराखेकोले यस उद्योगहरुमा के‐कसरी ट्रंकलाईन जडान भयो भन्ने आफैमा प्रश्नको विषय हो । 

यस क्षेत्रका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले भनेको मिति २०७४ चैत्र बाट ट्रंकलाईन मार्फत  विद्युत आपुर्ति भइरहेको छ । यस क्षेत्रको उद्योगहरु बिगत ४० वर्ष देखि निर्वाद रुपमा साधारण लाईनबाट चलिरहेको अवस्थामा प्राधिकरणले आफु खुसि यस उद्योगहरुलाई ट्रंकलाईनमा जडान गरि थप भार बबढाएको उद्योगी हरुको गुनासो छ। हाल आएर यहि मिति २०७६।११।०८ गते प्राधिकरणले यस क्षेत्रका उद्योगहरु लाई छुट रकम बुझाउने बारेको सुचना दिई २०७५ बैशाख देखि २०७६ कार्तिक सम्मको छुट रकम ३५ दिन भित्र तिर्न पत्राचार गरि दबाव दिएको छ । 

भैरहवा वितरण केन्द्रले आफ्नो लोड व्यवस्थापन गर्न पुरानो ३३ के।भि।ए। लाईनबाट हटाइ यस क्षेत्रको उद्योगहरुलाई ट्रङ्क लाईनमार्फत २०७४ चैत्रदेखि विद्युत आपुर्ति गरिएको र उक्त लाईनबाट आपुर्ति भएको विद्युतमा विगतमा झै साधारण महसुल मात्र लाग्ने भैरहवा विद्युत केन्द्रका तत्कालिन प्रमूख उमेश कुमार झाले बताए । 

यही २०७६ मंसिरबाट ६६।६७ प्रतिशत उच्च दररेटको महँगो नयाँ ट्रङ्क लाईनको विद्युत महसुल जारी गरेको बिल प्राप्त भएपश्चात् उद्योगी व्यवसायीहरु आश्चर्यचकित भएका छन् । उद्योगहरुको विद्युत आपूर्ति, मिति २०७४ साल जेठ मसान्त सम्म पुरानो फिडर अमुवाबाट जडान गरिएको थियो र त्यस पश्चात भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिकवेन्स बेलेन्स गर्न यस क्षेत्रका उद्योगहरुलाई १० देखि १५  दिन सम्म सटडाउन लिई ग्राउन्ड वाटर भरौलीयाबाट विद्युत  आपूर्ति  गरेको छ । 

त्यस पश्चात प्राधिकरणले विद्युत आपूर्तिमा सुधार आउने आसवासन दिएको भएतापनि अपेक्षा गरिए बमोजिम कुनै सुधार नभई पटक पटक ट्रिपिङ्ग तथा न्यून भोल्टेजको समस्याले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ क्षती भई खेर जाने ९स्क्र्याप बढ्ने०, विभिन्न विद्युतीय सामग्री बिग्रने समस्या समेत रहेको उद्योगीहरु बताउछन । यदि यस विषयमा कुनै प्रकारको सुनुवाई नभएमा उद्योग नै बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु अघि बढाउने उद्योगीहरुको भनाई छ 

उद्योगहरु:

१. पञ्चकन्या प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि. 

२. पञ्चकन्या स्टिल प्रा.लि

३. सोना प्याकेजिङ्ग 

४. एस.आर.स्टिल प्रा.लि. 

५. नव नेपाल प्लाष्टिक ईण्डष्ट्रिज 

६. शुभलक्ष्मी पोलिमर्स 

७. नेशनल ट्रेड रबर ईण्डष्ट्रिज 

८. जय दुर्गा प्लाष्टिक ईण्डष्ट्रिज 

९. सोना पोलिमर्स ईण्डष्ट्रिज 

१०ं यशोधा फुड प्रा.लि.

११. प्रिया प्याकेजिङ्ग ईण्डष्ट्रिज 

१२.ं ए.जी हेल्थ ईण्डष्ट्रिज

१३. एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज प्रा.लि. 

१४. लुम्बिनी फ्लोर मिल 

१५. फेरो स्टिल प्रा.लि. 

१६. लुम्बिनी पि.ए.सी.इण्डष्ट्रिज प्रा.लि.

१७. गोएनका फुडस प्रा.लि.

१८. घराना फुडस  प्रा.लि.

१९. श्याम प्लाष्टिक उद्योग प्रा.लि.

२०. भलवारी सवचलित चामल कारखाना

२१. एस.आर. फुडस लि.

२२. सिद्धार्थ पेट प्लाष्ट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved