चेम्बर अफ कमर्सका अध्यक्ष र तान्जानियाका राजदूतबीच भेटघाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 06:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डाबीच भेटघाट भएको छ । भेटमा अध्यक्ष श्रेष्ठले नेपाल र तान्जानिया भोगोलिक रुपले टाढा भएपनि व्यापारको माध्यमबाट नजिकिन सक्ने बताए । विभिन्न व्यापार मेलामा द्विपक्षीय सहभागिता गराएर व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

भेटमा राजदूत लुभान्डाले नेपाल र तान्जानियामा समान खालका पर्यटकीय गन्तव्य रहेको बताउँदै तान्जानियाको आर्थिक संभाव्यताबारे जानकारी दिए ।

नेपाल र तान्जानिया बीच सन् १९७५ जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved