महासंघको नेतृत्वमा बसेर पुलको काम गर्छु: उपाध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 06:52:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् । 

बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरुमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताएका हुन् । 

तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरु सरोकारवालासँग छलफलनै नगरी आएकाले व्यवसायीहरुमा केही कन्फ्युजन सृजना भएको उनको तर्क छ । सरोकारहरुसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुन उनको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved