महासंघले व्यवसायीलाई भन्यो, ‘अत्यावश्यक वस्तुहरू सजिलै उपलब्ध गराउनु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 06:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तुहरूको विक्रि वितरणमा पारदर्शीता अपनाउना उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । महासंघले कोरोना भाइरसका कारण सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरुको सहज उपलब्धता कायम गर्न व्यवसायीलाई आग्रह गरेको हो । 

महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मास्क, सेनेटाइजरलगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रि वितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी नागरिकलाई सरल र सहज सेवा दिन उद्योगहरुलाई आग्रह गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved