महासंघ र विभागले देशभर करदाता शिक्षा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 03:04:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागबीच करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । साना तथा मझौला करदाताहरूलाई लक्षित गरी विभाग र महासंघ बीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोद बहादुर कुंवरले हस्ताक्षर गरेका थिए । साना व्यवसायीहरूलाई आर्थिक ऐनले गरेका छुट, सुविधा तथा व्यवस्थाको बारेमा जानकारी गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ । 

सन् २०१५ देखि जीआइजेडको राजस्व प्रशासन सहयोगको प्राविधिक सहयोगमा निरन्तर रूपमा विभिन्न जिल्लामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी तालीम सञ्चालन हुंदै आएको र सोही कार्यक्रम अन्तरगत हालसम्म विभिन्न ३९ जिल्लामा ४६ वटा तालीम कार्यक्रम सञ्चालन भएको जनाइएको छ । महासंघका अनुसार पछिल्लो चरणमा सातै प्रदेश समेटिने गरी २० जिल्लामा २१ वटा तालीम कार्यक्रम सञ्चालन गरिएको छ । २१ वटा तालीम मध्ये २ वटा तालीम महिला उद्यमीहरूलाई मात्र लक्षित गरेर सञ्चालन गरिएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved