उद्योगी व्यवसायीले मागे कर र बैंक किस्तामा सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 06:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीले बैंकहरूबाट लिएको ऋणको सांवा तथा व्याज र सरकारलाई तिर्नुपर्ने करको समयावधी थप गर्न सरकारसंग आग्रह गरेको छ । महासंघको शुक्रबार बसेको स्थायी समितिको बैठकले कोरोनाको असरले उद्योग व्यवसाय क्षेत्रमा असर देखिन थालेकाले सरकार संग यस्तो आग्रह गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसबाट मुलुकभित्र उत्पन्न परिस्थिति विषयमा छलफल गर्न महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार स्थायी समितिको बैठक बसेको हो ।

उक्त बैठकबाट विशेष परिस्थितिका कारण प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन केन्द्रीय महासंघको निर्वाचन भएको एक महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको महासंघले जनाएको छ । त्यस्तौ कोरोना संक्रमणको समस्यासंग जुध्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा महासंघले सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । महासंघका अनुसार उक्त बैठकले कोरोनाका कारण सवैभन्दा बढी प्रभावित रहेको पर्यटन उद्योगलाई नेपाल सरकारबाट थप क्षति हुनबाट बचाउन सहयोगका आकर्षक प्याकेज ल्याउन आग्रह गर्ने निर्णय गरेको छ ।

यसका साथै महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved