कोरोना प्रभाव: होटल व्यवसायीले मागे घरभाडामा छुट र ब्याजमा सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 12:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् । कोरोना भाईरसकोे प्रभावले होटल तथा रेष्टुरेण्ट व्यवसायीको पेशानै संकटमा पर्न गएकोले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका हुन्।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सोमवार बसेको विशेष बैठकले कोरोनाका कारण होटल व्यवसायी धरासायी भएको र यसको न्युनिकरण नहुदाँसम्म घर धनीहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट गरी व्यवसायीलाई सहयोग गर्न आह्वान  गर्ने निर्णय गरेको छ । त्यसै गरि बैक तथा वित्तिय सस्थाहरुवाट होटल व्यसायीले लिएको व्यवसायीक कर्जाको व्याजमा सहुलियत  प्रदान गर्न पनि उक्त वैठकले माग गरेको छ । कोरोनाको संक्रमणभै  विरामीलाई आईसोलेशनमा राख्न प्रदेश सरकारलाई आश्यक परेमा होटल व्यवसायीले आफना होटल खाली गरि उपलब्ध गराउन सक्ने समेत वैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै कोरोनाको संक्रमणवाट सुरक्षित रहन अपनाउनु पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ने सजकतामा व्यवसायीहरु गम्भिर हुनपनि आह्वान समेत उक्त बैठकले गरेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved