महासंघको निर्वाचनमा स्पष्ट दुई प्यानल, कुन समुहबाट कसको उम्मेदवारी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2020 | 04:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि स्पष्ट रुपमा दुई प्यानल देखिएका छन्। आसन्न निर्वाचनमा पूर्व अध्यक्ष चण्डिराज ढकाल र स्वत अध्यक्ष बनेका वरिष्ट उपाध्यक्ष शेखर गोल्छा गरी दुईवटा स्पष्ट प्यानल देखिएका छन्। 

वरिष्ट उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका बस्तुगत तर्फका उपाध्यक्ष चन्द्र ढकाललाई पूर्व अध्यक्ष चण्डिराज ढकालको साथ छ भने वरिष्ट उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानलाई शेखर गोल्छाको साथ् देखिएको छ।  

आफ्नो उम्मेदवारी घोषणा एक्लै भएकाले आफ्नो कुनै प्यानल नभएको बताएपनि अघोसित रुपमा चण्डिराज ढकालको समुहबाट चन्द्र ढकालले वरिष्ट उपाध्यक्षमा चुनाव लड्ने छन्।  आगामी अध्यक्ष गोल्छाको समुहबाट वरिष्ट उपाध्यक्षमा किशोर प्रधानले  चुनाव लड्ने भएका छन्। 

ढकाललाई वरिष्ट उपाध्यक्षमा समर्थन गर्दै उमेशलाल श्रेष्ठले आफू पुनः सोही क्षेत्रको तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन। त्यस्तै ढकाल समुहबाट एसोसिएट तर्फको उपाध्यक्षमा सुभास संघाईले  चुनाव लड्ने भएका छन्। त्यस्तै ढकाल समुहबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा नवलपरासी उद्योगसंघका केन्द्रिय सदस्य तथा प्रदेश ५ का वर्तमान अध्यक्ष गुणनिधि तिवारीले चुनाव लड्ने भएका छन्। 

त्यस्तै ढकाल समुहलाई चुनौती दिंदै गोल्छा समुहबाट वरिष्ट उपाध्यक्षमा जिल्ला नगर उपाध्यक्ष रहेका किशोर प्रधानले उम्मेद्वारी दिने घोषणा गरेका छन। गोल्छा समुहबाट बस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठले चुनाव लड्ने भएका छन्। 

त्यस्तै गोल्छा समुहबाट एसोसिएट तर्फको उपाध्यक्षमा हाल महासंघको बैंक बित्त तथा बीमा समितिका सभापति समेत रहेका महासंघका कार्यसमिति सदस्य सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन्।  यस समुहबाट जिल्ला नगर उपाध्यक्षमा महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्।  यद्दपी श्रेष्ठले चन्द्र ढकालको उम्मेदवारी घोषणामा बोल्दै आफ्नो कुनै प्यानल नभएको बताएका थिए। 

त्यस्तै यसअघि उपाध्यक्षमा उम्मेदवारि दिने बताउदै आएका डिवी बस्नेत, दिलसुन्दर श्रेष्ठ र अरुण सुमार्गीले आफ्नो योजना परिवर्तन गरेको बताइन्छ। हाल महासंघका मेला सभापति तथा केन्द्रिय सदस्य रहेका दिल सुन्दर श्रेष्ठ महासंघ प्रदेश ३ अध्यक्ष वा केन्द्रिय सदस्यमा उम्मेदवारि दिन सक्ने बताइन्छ।

महासंघको निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला उद्योग र नगर उद्योग संघको बाणिज्य संघ गरि कुल ११२ वटा सँस्था छन। यस मध्ये १०७ वटासँग मात्र भोटिङ अधिकार रहेको छ। ५ वटाले महासंघको सदस्य भएरपनि मापदण्ड पुरा गर्न बाँकी रहेकाले निर्वाचनमा सहभागि हुन पाउनेछैनन्। 

महासंघको निर्वाचनमा प्रदेश अध्यक्ष, प्रदेश प्रतिनिधि र जिल्ला नगरको संस्थापक सदस्यले मतदान दिन सक्नेछन। जिल्ला नगरको अध्यक्षले केन्द्रको वरिष्ठ र उपाध्यक्ष छान्न पाउँछन। वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको ५०, बस्तुगत तर्फको ३० र एसोसिएट्सको २० प्रतिशत मत रहन्छ।    

चैतको अन्त्यमा हुने ५४ औं वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । चैत २८ मा साधारण सभा शुरु हुने र २९ मा चुनाव हुने कार्यक्रम रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved