कोरोनाको त्रास: महासंघका सबै कार्यक्रम स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 07:29:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै महासंघले कार्यक्रम स्थगित गरेको हो । 

सजगता र सावधानी अपनाइएन भने कोरोनाले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत चैत १४, १५ र १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved