खाद्यवस्तु अभाव हुदैन, अनावश्यक सञ्चिति नगर्नु: आपूर्तिमन्त्री भट्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 07:49:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता  दोहोर्‍याएरको छ  । बुधबार एक कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, औषधिलगायत वस्तुका कुनै पनि अभाव नभएको र हुन नदिने  बताएका छन् । उनले खाद्यवस्तुको अनावश्यक सञ्चिति नगर्नपनि आग्रह गरेको छ ।

खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै उनले त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताए । ग्यासको अनावश्यक सञ्चितिले आपूर्ति प्रणालीमा असर गर्ने मात्र नभई गम्भीर प्रकारको दुर्घटनासमेत निम्त्याउन सक्नेतर्फ उपभोक्तालाई सचेत गराउँदै उनले सिलिण्डर थुपार्ने काम नगर्न आह्वान गरे । 

आपूर्ति व्यवस्थामा कुनै प्रभाव पर्न नदिन आफू सशस्त्र द्धन्दको समयमा झै दिनरात खटिइरहेको उल्लेख गर्दै उनले आपूर्ति व्यवस्थालाई चुस्त बनाउन मन्त्रालयको सिङ्गो टोली इमान्दार भएर लागेको बताए। “कसैलाई दोष दिने ठाउँ छैन्”, उनले भने । मन्त्री भट्टले सङ्कटका बेला सबैलाई एकै ठाउँमा गोलबन्द हुन आह्वानसमेत गरे । “सङ्कटका बेला निजी क्षेत्र र जनताले पनि सहयोग गरिदिनुपर्छ”, उनले भने। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा चामल र साल्ट ट्रेडिङसँग पनि पर्याप्त नुन र चिनीको मौज्दात रहेको जानकारी दिँदै आवश्यक परेको खण्डमा जहाँ, जुन जिल्लामा उपभोग्य वस्तुको अभाव हुन्छ त्यहाँ आपूर्ति गरिने बताए। 

त्यस्तै आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सङ्कटका बेला उपभोग्य वस्तुको अभाव हुन्छ भनेर हल्ला फैलाउनेभन्दा पनि संयमतापूर्वक लाग्नुपर्नेमा जोड दिए । अत्यावश्यक वस्तुको अभाव हुन्छ भनेर अनावश्यक रुपमा सञ्चित नगर्न अपिल गर्दै उनले डराउनु नपर्ने बताउ । कालोबजारी, कृत्रिम अभाव, बढी मूल्यमा बिक्री गर्नेलाई कडा कारबाही हुने उल्लेख गर्दै मन्त्री दुगडले त्यस्ता व्यापारीलाई कुनै पनि हालतमा नछाडिने चेतावनी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved